लमजुङमा परिवार नियोजन प्रयोगकर्ता बढे
लमजुङ - लमजुङ जिल्लामा परिवार नियोजन प्रयोगकर्ता बढेको छ ।
गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा परिवार नियोजन प्रयोगकर्ता बढेका हुन् ।
गत आर्थिक वर्षमा २३ जनाले मात्र परिवार नियोजन गरेकोमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ११ जनाले परिवार नियोजन गरेको जिल्ला जनस्वास्थ्य कार्यलयका स्वास्थ्य सहायक गौरव ढकालले बताए ।
जिल्लाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा परिवार नियोजन प्रयोग दर २७ प्रतिशत मात्र रहेको थियो । तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा गतवर्ष परिवार नियोजन प्रयोगकर्ता अत्याधिक घटेका थिए । अघिल्लो आव ०७१–७२ मा परिवार नियोजन प्रयोगदर ३८ प्रतिशत रहेको थियो ।
जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईले भने “सङ्ख्यात्मक रुपमा प्रयोगकर्ता वृद्धि गर्न निकै गारो छ तर ग्रामीण भेगसम्म स्वास्थ्यकर्मीलाई परिचालन गरी परिवार नियोजनको बारेमा सचेतनाका कार्यक्रम गर्नाले यसमा उल्लेख्य प्रगती भएको छ ।”
पुरुषले भन्दा महिलाले बढी मात्रामा परिवार नियोजनका साधन प्रयोग गरेको पाइएको छ । “पुरुषले प्रयोग गर्ने भन्दा महिलाले प्रयोग गर्ने साधन नै बढी भएकोले प्रयोगकर्ता पनि महिला नै बढी भएका हुन्” चापागाईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण