सेल्फीमा राम्रो देखिन ...
बुधबार, २६ माघ २०७३, १३ : १५
सेल्फीको क्रेज दिनानुदिन बढिरहेको छ । सेल्फी खिच्ने हरेकको चाहना हुन्छ, उत्कृष्ट तस्बिर लिने । कुनै पनि पार्टीमा जानुअघि विशेष गरी महिलाहरू तयार हुनासाथ सेल्फी लिइहाल्छन् । यस्तोमा उत्कृष्ट सेल्फी लिन मेकअपमा विशेष ध्यान दिनुपर्छ । सेल्फीमा उत्कृष्ट देखिन आवश्यक केही मेकअप टिप्सबारे ब्युटिसियन सबी श्रेष्ठका सुझाब यस्ता छन्ः
प्राइमरको सही प्रयोगले अनुहारमा देखिएको दाग तथा छिद्रहरू लुकाइदिन्छ । प्राइमरको प्रयोगले अनुहारलाई प्राकृतिक सुन्दरता दिन्छ । तर, प्राइमर लगाउनुअघि आफ्नो अनुहार सफासँग धुन बिर्सनु हुँदैन ।
अनुहारमा देखिएको दाग तथा खटिरा लुकाउनलाई कन्सिलरको प्रयोग उपयोगी हुन्छ । अनुहारमा कन्सिलर लगाउँदा ब्रसको सहायता लिनु उपयुक्त हुन्छ ।
अनुहारमा फाउन्डेसन लगाउँदा आफ्नो छालाको प्रकारमा ध्यान दिनुपर्छ । स्किन टोनअनुसार फाउन्डेसन प्रयोग गर्नुपर्छ । फाउन्डेसन प्रयोग गर्दा सुरुमा औँलाले हलुका तरिकाले अनुहारमा लगाउने । त्यसपछि स्पन्जको सहायताले मुहारभरि फैलाउनु उपयुक्त हुन्छ । यस्तो प्रक्रियाले अनुहारमा उत्कृष्ट फिनिसिङ दिन्छ ।
तस्बिर उत्कृष्ट आउन आँखाको महत्वपूर्ण भूमिका हुन्छ । यदि आँखा सानो छ भने मोटो आइलाइनर लगाउनुपर्छ । त्यस्तै, आँखा ठूलो हुनेले विंग्ड आइलाइन लगाउनुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण