शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

बन्दागोभी यसकारण छ स्वास्थ्यबर्द्धक

शनिबार, २९ माघ २०७३, १५ : ०७
शनिबार, २९ माघ २०७३

भिटामिन र आइरनले भरपुर बन्दागोभी तपाईंको स्वास्थ्यको लागि निकै फाइदाजनक छ । यसको फाइदाबारे यहाँ विस्तृत जानकारी दिइएको छ ।

क्यान्सरबाट बचाउँछः

लगभग वर्षभरी बजारमा उपलब्ध बन्दागोभीमा पाइने आइसोसाइनेट्स शरिरमा एस्ट्रोजिन मेटाबोलिजमको प्रक्रियालाई तेज बनाएर शरिरलाई क्यान्सरबाट बचाइराख्छ । साथै यसमा डिनडलमेथेन (डिआइएम), सिनिग्रिन, ल्यूपेल, सल्फोरेन र इन्डोल–थ्री कार्बीनल (१३ सी) जस्ता आवश्यक मिनरल्स पाइन्छ । यी सबै तत्वले क्यान्सरबाट जोगाउँछ ।

तौल नियन्त्रण गर्दछः

आजको शहरीकरणको सबैभन्दा ठूलो श्राप मानवीय जीवनमा मोटोपना हो । संसारभरी हरेक तेस्रो व्यक्ति मोटोपनाबाट ग्रस्त हुन्छन् । तर बन्दागोभीको सेवनले मोटोपनाबाट छुटकारा पाउन सकिन्छ । यसमा धेरै क्यालोरीको मात्रा निकै कम हुन्छ जसले तौल बढ्न दिँदैन । तौल नियन्त्रणमा रहे तपाईंको शरिर अन्य रोगको घर बन्दैन ।

छालालाई स्वस्थ बनाउँछः

घुलो र प्रदुषणको सबैभन्दा धेरै असर छालामा पर्ने गर्दछ । छालालाई स्वस्थ बनाउने सजिलो र उत्कृष्ट उपाय धेरैभन्दा धेरै बन्दागोभी खानु हो ।   यसमा एन्टीअक्सिडेन्ट पाइन्छ जसले छाला चाउरी पर्नबाट पनि जोगाउने गर्दछ । बन्दागोभीलाई राम्रोसँग पखालेर खाँदा छाला स्वस्थ हुनुका साथै चमक रहिरहन्छ ।

कपालको लागि फाइदाजनकः

कपाल बढ्नका लागि शरिरमा भिटामिन इ र सिलिकन हुन आवश्यक छ । यी दुबै तत्व बन्दागोभीमा प्रचुर मात्रामा पाइन्छ । साथै बन्दागोभीको जूसले शरिरमा सल्फरको कमीलाई पूरा गर्नेछ जसले कपाल बलियो र कालो बनाउन सहयोग गर्दछ ।

रक्तअल्पत्ताको औषधी हो बन्दागोभीः

धेरैजसो मानिसलाई रगतको कमी हुन्छ विशेषगरी महिलालाई । यस्ता मानिसहरुले बन्दागोभीलाई सलादको रुपमा नियमित सेवन गर्नुपर्छ । बन्दागोभीमा फोलिक एसिड हुन्छ जसले रगतको कमीलाई पूरा गर्छ । फोलिक एसिड शरिरमा नयाँ रक्त कोसिकाको निर्माण गर्दछ जसले शरिरमा रगतको कमी पूरा हुने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप