६ महिनामुनिका बच्चालाई किन खुवाउने आमाकै दूध ?
शनिबार, ०७ फागुन २०७३, ११ : १४
६ महिनासम्म बच्चालाई आमाको दूधबाहेक अन्य खानेकुरा मात्रै होइन, गाई–भैँसी या पाउडर दूध पनि खुवाउन नहुने चिकित्सकहरू बताउँछन् । रोगप्रतिरोधात्मक क्षमता निकै कमजोर हुने यो उमेर समूहका बच्चालाई आमाबाहेकको दूध खुवाउँदा समस्या हुनेचाहिँ के हो ? बालरोग विशेषज्ञ डा. रामहरि चापागाईं भन्छन्ः
—आमाको दूधमा रोगप्रतिरोधात्मक क्षमता बढी हुने मात्रै होइन, सीधै निप्पलबाट बच्चाको पेटमा पुग्ने भएकाले किटाणुरहित हुन्छ । तर, आमाबाहेकको दूध खुवाउ“दा विभिन्न माध्यमबाट किटाणुहरू दूधसँगै बच्चाको पेटमा पुगेर रोग निम्त्याउन सक्छ ।
—आमाको दूधमा बच्चालाई चाहिनेजति क्याल्सियम, इनर्जी, माइक्रोन्युक्लेन्ट, पोटासियम, फस्फोरस, कार्बोहाइड्रेड, प्रोटिन सबै पाइन्छ । तर, गाई, भैँसी र पाउडरको दूधमा यस्ता तत्व कम या बढी हुन्छन् । कम र बढी दुवैले समस्या निम्त्याउँछ ।
—आमाको दूध पचाउन बच्चालाई जति सजिलो हुन्छ, अन्य दूध सजिलै पच्दैन । गाई–भैँसीको दूधमा पौष्टिक तत्व बढी हुन्छ । यसलाई बच्चाले पचाउन सक्दैनन् र मिर्गौलामा असर गर्न सक्छ । पाउडर दूधमा सबै पोषक तत्व पाइँदैन । पोषक तत्व कम भएको दूध पिलाउ“दा बच्चालाई कुपोषण हुन सक्छ ।
—पाउडर दूध बढी स्वादिलो हुन्छ । बच्चालाई यसको लत लागेपछि आमाको दूध चुस्न मान्दैनन् । पछि अन्य खानेकुरामा पनि ध्यान दि“दैनन् । त्यसैले पाउडर दूध पिलाएर बच्चालाई स्वादे जिब्रोको बनाउनु हुँदैन ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण