मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिजी मोबाइल्सले ल्यायो नयाँ वायरलेस हेडसेट, यस्ता छन् यसका सुविधा

बुधबार, २४ माघ २०७४, १५ : २६
बुधबार, २४ माघ २०७४

काठमााडौं– सिजी मोबाइल्सले  सिजी पल्स नामक वायरलेस हेडसेट लोकप्रिय सिजी एसेसरिजको रुपमा सार्वजनिक गरेको छ । संगित र अडियोका लागि विशेष रुपमा डिजाइन गरिएको यो हेडसेट सबै प्रकारका संगितप्रेमीहरुका लागि उत्तिकै महत्वपूर्ण रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार नयाँ सिजीपल्स मोबाइल फोन सेट, ल्यापटप तथा अन्य मोबाइल डिभाइसहरुमा ब्लूटूथ ४.१ भर्सनको प्रयोग भएका छन् भने त्यसमा निरन्तर कनेक्ट गर्नका लागि उपयुक्त  हुने समेत जनाइएको छ ।

कम्पनीका अनुसार सि.जी.मोबाइल्स अन्तगर्तको सि.जी. एसेसरिजहरुलाई लोकप्रिय बनाउन सि.जी.पल्समा ४.१ टेक्नोलोजी प्रयोग गरिएको छ, जसले केबल एकपटक चार्ज गरेपछि निरन्तर ६० घण्टासम्म प्रयोग गर्न सकिनेछ भने ३ घण्टासम्मको टक टाइम र प्रयोग गर्न सकिन्छ ।

यो हेडसेटबाट प्रयोगकर्ताहरुले निरन्तर आफ्ना डिभाइसहरुमा कनेक्ट गरेर शारिरिक व्यायाम गरिरहेको बेला, काममा व्यस्त रहेको बेला, कुराकानी गरिरहेको बेला वा अन्य कुनैपनि समयमा बिनाकुनै अवरोध गीत संगीतको आनन्द लिन सकिने कम्पनीको दाबी छ   नयाँ सिजीपल्स ब्लूटूथ हेडसेट (बजारमा कालो रंगमा उपलब्ध) को मूल्यरु.४ सय ९९ तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप