यौनसम्बन्धमा चरमोत्कर्षको मूल कडी के ?
भिन्न भिन्न यौन रुझान भएका महिलाहरुमा चरमोत्कर्षको स्तर भिन्न हुने गर्दछ । कुनै पुरुष वा लेस्बियन वा बाइसेक्सुअल मानिसहरुको तुलनामा एक सामान्य महिला सहवासको क्रममा कम नै चरमोत्कर्षमा पुग्ने गर्दछन् ।
बाइसेक्सुअल ती मानिसहरु हुन् जो महिवा वा पुरुष दुबैसँग सम्बन्ध स्थापित गर्दछन् । यो कुरा अमेरिकामा ५२ हजार ६ सय मानिसहरुमाथि गरिएको अध्ययन पश्चात् निकालिएको निष्कर्ष हो ।
उक्त अनुसन्धानमा महिला–पुरुष वा भिन्न प्रकारका यौन रुझान भएका व्यक्तिहरुमा यौनसम्बन्धको क्रममा हुने चरमोत्कर्षबिच कति अन्तर हुन्छ भन्ने विषयमा अध्ययन गर्ने कोसिस गरिएको छ ।
अर्काइभ अफ सेक्सुअल बिहेबियर नामबाट गरिएको यो अध्ययनको नतिजाका अनुसार धेरैभन्दा धेरै चरमोत्कर्षका लागि जोडीले आफ्नो यौन व्यवहारमा परिवर्तन ल्याउन सक्छन् ।
यसमा मुख मैथुन र आफ्नो साथीलाई प्रेमले छुने र सुम्सुम्याउने समावेश छन् । अध्ययनमा इन्डियाना विश्वविद्यालय, च्यापम्यान विश्वविद्यालय, क्लेयमन्ट ग्राजुएट विश्वविद्यालय समावेश थिए ।
यस अनुसार साधारणतया चरमोत्कर्ष हाँसिल गर्नेहरुको अनुपात यस्तो थियो ।
– ६५ प्रतिशत सामान्य महिला
– ६६ प्रतिशत बाइसेक्सुअल महिला
– ८६ प्रतिशत समलिङ्गी महिला
– ८८ प्रतिशत बाइसेक्सुअल पुरुष
– ८९ प्रतिशत समलिङ्गी पुरुष
– ९५ प्रतिशत सामान्य पुरुष
अध्ययन गर्ने समूह भन्छ, ‘यद्यपी अध्ययनले यो कुराको संकेत गर्दछ कि चरमोत्कर्षका बिच यो भिन्नतालाई कम गर्न सकिन्छ ।’
समूह भन्छ, ‘तथ्य यो छ कि एक समलिङ्गी महिला कुनै सामान्य महिलाको तुलनामा साधारण रुपमा अत्यधिक चरमोत्कर्ष हाँसिल गर्दछिन् । यसले यो इशारा गर्छ कि कुनै सामान्य महिलाले चरमोत्कर्ष हाँसिल गर्ने दर अत्यधिक हुनसक्छ ।’
अध्ययनको नतिजा अनुसार केही सामान्य महिलाहरु दैनिक यौनसम्बन्धमार्फत चरमोत्कर्षमा पुग्ने गर्दछन् ।
अध्ययनबाट यो पनि पत्ता लाग्छ कि यौनसम्बन्धका बेला हुने अन्य गतिविधिका साथै मिलेर गरिने मुख मैथुनको एक भिन्न महत्व छ ।
धेरै मुखमैथुनमार्फत धेरै चरमोत्कर्ष हाँसिल गर्ने विषयमा सामान्य महिला, समलिङ्गी महिला, बाइसेक्सुअल महिला, समलिङ्गी पुरुष र बाइसेक्सुअल पुरुषमा एक समान ढाँचा छ ।
सामान्य पुरुषमा मात्र केही लिंक भेटिएन ।
महिलामा अत्यधिक चरमोत्कर्षसँग जोडिएको व्यवहार यस्ता छन्ः
– बेडमा आफूलाई के के मनपर्ने बारे खुलेर आफ्नो पार्टनरलाई भन्ने
– बेडमा आफ्ना पार्टनरले गरेका गतिविधिहरुका लागि आफ्नो पार्टनरको तारिफ गर्ने
– कुनै कामूक कुरा गर्नका लागि पार्टनरलाई फोन गर्ने वा इमेलमा केही लेखेर छोड्ने
– सेक्सी अन्तःवस्त्र लगाउने
– भिन्न भिन्न पोजिसनमा सेक्स गर्ने
– आफ्नो यौनेच्छाबारे कुरा गर्ने
– सेक्ससँग सम्बन्धित कुरा गर्नु र प्रेम देखाउनु
अध्ययनमा समावशे वैज्ञानिकका अनुसार महिला–पुरुषको चरमोत्कर्ष हाँसिल गर्नका लागि भिन्न समाजवादी र विकासवादी कारक पनि हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण