सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

६९ सन्तानलाई जन्म दिएपछि यी महिलाको ४० वर्षको उमेरमा मृत्यु

शुक्रबार, २० फागुन २०७३, ०९ : ००
शुक्रबार, २० फागुन २०७३
प्यालेस्टाइनमा ६९ बच्चालाई जन्म दिएपछि एक महिलाको मृत्यु भएको छ । महिलाको उमेर ४० वर्ष थियो । उनको मृत्युको खबर उनका श्रीमानले पुष्टि गरेको बताइएको छ । अल अरबियाको खबर अनुसार आइतबार गाजा पट्टीमा महिलाको मृत्यु भएको हो । रायलयोउम वेबसाइटलाई उद्धृत गर्दै इन्डिया टुडेका अनुसार ती महिलाले १६ पटक जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । जबकि सात पटक एकैपटक तीन सन्तानलाई जन्म दिएकी थिइन् । अझै अचम्मको कुरा के छ भने उनले चार पटक चारवटा सन्तानलाई एकैपटक जन्म दिएकी थिइन् । जसअनुसार उनले जम्मा ६९ बच्चालाई जन्म दिइन् । आँकडाका अनुसार उनी संसारकी सबैभन्दा धेरै प्रजनन क्षमता भएकी महिला हुन् । एक रुसी महिलाले पनि दिएकी छिन् ६९ बच्चालाई जन्मः यद्यपी, ६९ बच्चालाई जन्म दिने उनी पहिली महिला भने होइनन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड अनुसार भासिल्भेया नामकी एक रुसी महिलाले पनि ६९ सन्तानलाई जन्म दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप