सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

रिमोट कन्ट्रोलले चल्ने र खान मिल्ने यो हो गज्जबको ट्रक केक (भिडियो)

आइतबार, २२ फागुन २०७३, १३ : ५७
आइतबार, २२ फागुन २०७३

जमानासँगै केकको स्वरुपमा पनि परिवर्तन आएको छ । मानिस, कार्टुनको आकृति वा फोटो नै छापिएको दुई तीन तल्ले केक अहिलेको ट्रेन्डमा छ । निकै राम्रासँग सजाइएका उत्कृष्ट केकहरु तपाईंमध्ये धेरैले देख्नुभएको होल तर आज हामी तपाईंलाई जुन केक बारे बताउँदै र देखाउँदै छौं सायद त्यो अझसम्म कसैले पनि देख्नुभएको छैन होला ।

रिमोट कन्ट्रोलले चल्ने यो केक एक विद्युतीय खेलौनाका साथै केकका पारखीका लागि मिठो खाजा पनि हो ।

रोकिनुभन्दा पहिले यो रिमोटबाट चल्ने ट्रक कोठामा एकछिन गुडेको देख्न सकिन्छ । सानो कार देखेपछि टक्क अडिन्छ र पुनः त्यसलाई छलेर आफ्नो बाटो लाग्छ । यति दृश्य हेरुञ्जेल तपाईंले यो रिमोटबाट चल्ने सामान्य ट्रक सोच्नुहुन्छ तर त्यसपछिका दृश्यले तपाईंलाई अचम्मित बनाउनेछ । ट्रकका मालिकले उक्त ट्रकलाई एक चक्कुको सहयोगले काट्छिन् र केक बनाउँदा प्रयोग हुने मिठो देखिने स्पोन्ज देखाउँछिन् ।

हंगकंगको प्यान्डोरा केक सपले बनाएको उक्त गुड्ने केकमा ‘फ्ल्यास लाइट’ र ‘हर्न’ पनि छन् ।

उक्त ट्रकले बिस्कुटका टुक्रालाई लोड गरेको देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप