सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

घरमाथि बरफ जमिरहेको थिएन, पुलिस भित्र गएर हेर्दा भयो यस्तो खुलासा

शुक्रबार, १८ चैत २०७३, १५ : ४१
शुक्रबार, १८ चैत २०७३

एजेन्सी

चैत १८ – नेदरल्याण्डको गन्ती संसारभरीको उत्कृष्ट पर्यटकीय नगरीमा हुने गर्दछ । यतिमात्र होइन, यहाँ धेरैजसो हिमपात हुने गर्दछ । तर त्यहाँको पुलिस त्यतिबेला अचम्मित भए भारी हिमपाल पश्चात् पनि एक घरमाथि बरफ जम्नुको साटो तुरुन्त पग्लिरहेको थियो । पछि थाहा भयो कि उक्त घरभित्र भाङको खेती भइरहेको थियो ।

हार्लेम शहरमा पछिल्लो थुप्रै दिनदेखि लगातार हिमपात भइरहेको थियो । तर यो घरको छतको एक भागमा बरफ जमिरहेको थिएन । यस्तो दृश्य देखेपछि पुलिसलाई केही गडबडी भएको शंका लागेपछि छापा मार्दा घरभित्र अवैध रुपमा भाङको खेती हुने गरेको थाहा पाए । यसका लागि त्यहाँ थुप्रै संख्यामा बत्तीको चिम पनि लगाइएको थियो जसका कारण घरको उक्त हिस्सामाथि गर्मीका कारण बरफ जम्नुको साटो पग्लिरहेको थियो । छापामारीपश्चात् पुलिसले भारी मात्रामा भाङको बोट बरामर गरे र त्यसको मालिकलाई पनि पक्राउ गरे । यद्यपी, नेदरल्याण्ड कानूनका अनुसार भाङको पाँच बोटसम्म लगाउन वैध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप