आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्कुलमा देखियो निर्वाचनको रौनकः बालबालिकाले यसरी गरे मतदान

शुक्रबार, २२ वैशाख २०७४, १८ : ३८
शुक्रबार, २२ वैशाख २०७४
काठमाडौं, वैशाख २२– स्थानीय तहको निर्वाचन नजकिँदै गर्दै विद्यालयहरुमा निर्वाचनको रौनक देखिन थालेको छ । मुलुक निर्वाचनमय भइरहँदा सूर्योदय एजुकेशन फाउण्डेशनद्वारा सन्चालित एसएबी पब्लिक स्कुलका बालबालिकाले मतदान गरेका छन् । स्कुले बालबालिकाको मतदानले स्थानीय तहको निर्वाचनको झल्को दिएको छ । निर्वाचनसम्बन्धी जानकारी तथा जनचेतना जगाउने उद्देश्यले शैक्षिक सत्र वि.सं.२०७४का लागि विद्यार्थी प्रतिनिधि नेता तथा सदन नेताहरूको निर्वाचन मतदान प्रक्रियाबाट गरिएको छ । विद्यार्थी प्रतिनिधि तथा सदन नेताहरु मतदान प्रक्रियाबाट छनौट गर्दा विद्यार्थीहरूले आफ्नो प्रतिनिधि आफैँ छान्न पाउने तथा विद्यालयप्रति अपनत्वको भावना बढाउन निर्वाचनले सहयोग पुर्याउने सूर्योदय एजुकेशन फाउण्डेशनका अध्यक्ष तथा विद्यालय प्रधानाध्यपक लक्ष्यबहादुर केसीेले बताए । निर्वाचनमा सहभागी विद्यालयका प्रतिनिधि तथा सदन नेताहरूले आफूहरू विद्यालयको अनुशासन, अतिरिक्त क्रियाकलाप लगायत शैक्षिक गुणस्तर, विद्यार्थी प्रतिभाहरूको कदर गर्न यस निर्वाचनमा उम्मेदवारी दिएको विचार व्यक्त गरे । विद्यालयका सामाजिक शिक्षा विभाग प्रमुख सुरेश भट्टले सामाजिक शिक्षा विभागको संयोजकत्वमा सम्पन्न निर्वाचन प्रक्रियाले विद्यार्थीहरूलाई निर्वाचन शिक्षासम्बन्धि ज्ञान बढाउनुका साथै लोकतन्त्रमा निर्वाचनको भूमिका बुझ्न सहयोग पुर्याउने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर शाह र निर्देशकद्वय प्रेम वलीले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान बढाउने दिशामा अग्रसर भएकाले निर्वाचन प्रक्रिया यसैको एउटा नमूनाको रूपमा रहेको उल्लेख गरे । निकै हर्षोल्लासपूर्ण वातावरणमा माध्यमिक तह तथा प्राथमिक तहका विद्यार्थीहरुले मतदान प्रक्रियामा भाग लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप