आकस्मिक विस्फोटनमा परी १२ लडाकु मारिए
शुक्रबार, २२ वैशाख २०७४, १९ : २९
काबुल, वैशाख २२ – अफगानिस्तानको घानी प्रान्तमा भएको आकस्मिक विस्फोटनमा परी १२ जना लडाकुको को मृत्यु भएको छ भने, अरु २३ जना लडाकु घाइते भएका छन् ।
रक्षा मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार उनीहरु आफैले राखेको विस्फोटक पदार्थ विस्फोटन भई त्यसैमा नै परी ती लडाकू मारिएका र घाइते भएका हुन् ।
‘घानी प्रदेशको अब बान्ड जिल्लामा लडाकू विस्फोटन पदार्थ बनाउने कार्यमा व्यस्त थिए, त्यही बेलामा विस्फोटक पदार्थ विस्फोट भयो, १२ जना लडाकु मारिए र २३ जना लडाकु घाइते भए,’ मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।
मृत्यु हुनेमध्ये अधिकांश बम बनाउने व्यक्तिहरु र विदेशी लडाकुहरु रहेका मन्त्रालयको भनाई छ ।
मन्त्रालयका अनुसार तालिवानी लडाकूहरुले सरकारी सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गर्न यस्ता विस्फोटक पदार्थहरु बनाउने गर्दछन् । यस्ता विस्फोटक पदार्थबाट आम नागरिकहरु पनि पीडित हुने गरेका छन् ।
अफगानिस्तानमा भइरहेको द्वन्द्वका क्रममा यस वर्षको पहिलो तीन महिनामा मात्रै ७१५ आमनागरिकको मृत्यु भएको छ भने अरु एक हजार ४६० भन्दा बढी घाइते भएका अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जनाएको छ ।
यस अवधिमा मृत्यु भएकामध्ये विस्फोटक पदार्थ विस्फोटनमा परी मृत्यु हुने आमनागरिकको सङ्ख्या ८६ रहेको छ भने १३२ जना घाइते भएका छन् । रासस÷सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण