आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्वोच्च अदालतको निर्णय सुखद होइन – सरकारका प्रवक्ता

शुक्रबार, २२ वैशाख २०७४, २० : ४०
शुक्रबार, २२ वैशाख २०७४
काठमाडौँ, वैशाख २२ – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रधानन्यायाधीश सुशीला कार्कीका विषयमा आएको सर्वोच्च अदालतको निर्णय सुखद स्थिति नभएको बताए । अदालतको निर्णयपछि आज पत्रकारको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने, ‘यो सुखद स्थिति हुँदै होइन तर सरकारले यस विषयमा कुनै आधिकारिक धारणा बनाइसकेको छैन ।’ उनले व्यवस्थापिका–संसद्मा विचाराधीन विषयमा अदालतको त्यस्तो निर्णय आउनाले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच द्वन्द्व बढ्ने चिन्ता व्यक्त गरे । व्यवस्थापिका–संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश कार्की निलम्बित भएकी थिइन । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैदेखि काम गर्न दिनू भनी अन्तरिम आदेश जारी गरेको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप