विदेशी नागरिकको सहयोगमा विद्यालय निर्माण
शनिबार, २३ वैशाख २०७४, १२ : ३५
रामपुर (पाल्पा), २३ वैशाख । विदेशी नागरिकको सहयोगमा पूर्वखोला गाउँपालिका– १ सानो गल्धामा विद्यालय भवन निर्माण गरिएको छ । जापानका नागरिक काजुमासा काकिमि (ओकेबाजे) को आर्थिक सहयोगमा सानो गल्धामा रहेको मदनआश्रित आधारभूत विद्यालयको ६ कोठे पक्की भवन निर्माण गरिएको हो ।
विद्यालयको भवन निर्माणका लागि सहयोगदाता ओकेबाजेले रु १८ लाख, साविक सिलुवा गाविसबाट विनियोजित रु दुई लाख, शान्तिका लागि विकास मन्त्रालयबाट रु एक लाख, स्थानीयवासीको रु ५१ हजार बराबरको श्रमदान, रु आठ लाख ५० हजार ऋण गरी जम्मा रु ३० लाख ५५ हजार ७८७ को लागतमा भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर हिस्कीले जानकारी दिए ।
विद्यालयमा नयाँ भवन निर्माण भएपछि नयाँ शैक्षिक सत्र सञ्चालन गर्न सजिलो भएको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण