कञ्चनपुर : तरकारीमा परनिर्भरता घट्दै
शेरबहादुर सिंह भीमदत्तनगर, २३ वैशाख । कञ्चनपुरको भीमदत्तनगरमा प्रशस्त मात्रामा स्थानीय उत्पादन हुन थालेपछि तरकारीमा परनिर्भरता घट्दै गइरहेको छ । स्थानीय किसान व्यावसायिक रुपमा तरकारी खेतीतर्फ आकर्षित हँुदै गएपछि तरकारी आयातमा कमी आएको हो । “एक ‘दशक अगाडि सब्जीमण्डिमा ९० प्रतिशत तरकारी भारतबाट आयत गरिन्थ्यो,” कञ्चनपुर मण्डि व्यवसायी सङ्घका अध्यक्ष विशाल सुनारले भने –“अहिले मण्डिमा ७० प्रतिशत तरकारी स्थानीय किसानद्वारा उत्पादित छ ।” हाल सीमावर्ती भारतीय बजार वनबासा, खटिमा, बरेलीलगायतका स्थानबाट भीमदत्तनगरमा आलु र प्याज मात्रै आयात गरिँदै आएको अध्यक्ष सुनारले बताए । फर्सी, लौका, गोलभेँडा, घिरौला, काँक्रा, करेला, रामतोरिया, हरियो खुर्सीनी, मुलालगायत तरकारी अहिले स्थानीय किसानले उत्पादन गरी बिक्रीका लागि मण्डिमा ल्याउने गरेका छन् । मण्डिमा दैनिक १२ देखि २० टन तरकारी भित्रिन्छ । “करिब २५ देखि ३० प्रतिशत तरकारी अन्यत्र जिल्लामा खपत गरिन्छ,” उनले भने भीमदत्तनगर क्षेत्रमा उत्पादन भएको तरकारी बिक्री वितरणका लागि काठमाडौँ, पोखरा, बुटवल, नारायणघाट, धनगढी र सुदूरपश्चिमका पहाडी जिल्लामा पठाउने गरेको कञ्चनपुर मण्डि व्यवसायी सङ्घका महासचिव विश्रामसिँह धामीले बताए । “पछिल्ला वर्षमा यहाँ बाह्रैमास तरकारी उत्पादन हुँदै आएको छ,” उनले भने ।” वर्षातका बेला मात्रै स्थानीय उत्पादनमा सामान्य गिरावट आउने गरेको छ । सो समयमा भारत र यहाँका पहाडी जिल्लाबाट तरकारी आयात गरिन्छ । “खुल्ला सिमानाका कारण प्रक्रिया नपु¥याएर लुकिछिपी समेत यहाँ तरकारी भित्रिने गरेको छ,” धामीले भन्नुभयो । अखाद्य तरकारी भित्रिन नदिन स्थानीय प्रशासनले ध्यान दिनुपर्नेमा उनले जोड दिए । कञ्चनपुरमा व्यावसयिक रुपमा तरकारी खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ ।
अध्यक्ष सुनारका अनुसार भीमदत्त नगरपालिका क्षेत्रमा मात्रै एक सय ५० बिगाहादेखि दुई सय बिगाहामा तरकारी खेती गरिँदै आएको छ । भारतीय नागरिकले यहाँ आएर स्थानीयवासीको जग्गा भाडामा लिई नदी तथा खोलाको बगरमा तरकारी खेती गर्दै आएका छन् ।
कञ्चनपुरको अन्य क्षेत्रमा पनि किसान क्रमिक रुपमा व्यावसायिक तरकारी खेतीतर्फ आकृर्षित हुँदै गएका छन् ।
यहाँको झलारी, बेलौरी, कृष्णपुर, पुर्नबासलगायत क्षेत्रका किसानले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । “उत्पादित तरकारीका लागि बजारको समस्या छैन,” भीमदत्त नगरपालिका–१९ बागफाँटामा तरकारी खेती गर्दै आएका भारतीय नागरिक ख्यालीराम बर्माले भने – “तरकारी बेच्न मण्डिसम्म गए पुग्छ ।”
तीन बिगाहामा तरकारी खेती गर्दै आएका बर्मा पछिल्लो समय नेपाली नागरिकले तरकारी खेतीतर्फ बढी जोड दिएको बताउनुहुन्छ । उहाँ नेपालमा १४ वर्षदेखि तरकारी खेती गर्दै आएका छन् ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण