शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पोखरियामा संघीय समाजवादी पार्टीको भेला !

आइतबार, २४ वैशाख २०७४, ११ : ३०
आइतबार, २४ वैशाख २०७४

वीरगञ्ज, वैशाख २३–संघीय समाजवादी पार्टी, नेपालको भेला भएको छ ।

यस अघिको समाचारमा उपेन्द्र  यादवले नेतृत्व गरेको पार्टीको छुट्टै भेला भन्ने विषय परेकाले सच्चाइएको छ ।

संघीय समाजवादी फोरम नेपाल छाडेपछि रिजवान अन्सारीले आफ्नै नेतृत्वमा पार्टी बनाएका थिए ।

सोही पार्टीको वीरगंजमा भेला भएको हो ।

नेपाल संघीय समाजबादी पार्टी नेपालको नाममा पोखरिया नगरपालिकाको भेड़िहारीमा भएको कार्यकर्ता भेलामा मधेसी नेताहरुले अन्य राजनीतिक दलका साथै उपेन्द्र यादवको पनि चर्को आलोचना गरे ।

भेलामा राजकुमार यादवले स्थानीय तहको निर्वाचन अपवित्र गठबन्धन भएको आरोप लगाए ।

एमाले, राप्रपा, नेपाली कांग्रेस, माओवादी, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्तिले मधेस आन्दोलनलाई कमजोर पारेको यादवले टिप्पणी गरे ।

उनले मधेसको अधिकार, पहिचान, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एजेण्डालाई ती दलहरुले कमजोर पार्नुका साथै मधेशलाई विभाजित गर्ने सुनियोजित षड्यन्त्र भएको पनि आशंका गरे ।

मधेशको माग पूरा नभएसम्म आफूहरु चुनावमा नजाने यादवले बताए । मधेसको भावना अनुरूप आफूहरु अघि बढ्ने उनले बताए ।

भेलामा विभिन्न पार्टी परित्याग गरी तीन सय जना आफ्नो पार्टीमा प्रवेश गरेको यादवले बताए ।

उनीहरुलाई संघीय समाजबादी पार्टीका केन्द्रीय सदस्य अखिलेश यादव, रामबहादुर राउत कुर्मी, बाबुनन्द गिरी, नथुनीप्रसाद कुशवाहाले टीका र फूलमाला लगाई स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप