चट्याङ लागेर पाँचथरमा पाँचजना घाइते
पाँचथर, २४ वैशाख । यहाँका दुई छुट्टाछुट्टै स्थानमा गएराति चट्याङ पर्दा पाँचजना घाइते भएका छन् ।
जिल्लाको फिदिम नगरपालिका–१३ स्थित जरिबुटे साङ्खेलुङ हाइड्रो पावरमा परेको चट्याङको झट्का लागी नजिकैको बस्तीका चारजना घाइते भएका छन् ।
जिल्लाको फालेलुङ गाउँपालिका–७, धनमाया आङ्बोको घरमा बसिरहेका बेला चट्याङको झड्का लागी सोही स्थान बस्ने ३० वर्षीय मनकुमार केरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
झड्का लाग्नासाथ स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
चट्याङको झड्काले धनमायाको तीनवटा सुँगुरका पाठासमेत मरेका छन् । सोही समयमा घाइते हुनेमा आफ्नै घरमा बसिरहेका २७ वर्षीय भद्र दुलाल, २५ वर्षीय प्रदीप राई, ३३ वर्षीया जमुना राई र उनका छोरा छ वर्षीय केरवीर राई रहेका छन् ।
उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ । चट्याङको झट्का लागी भद्र दुलालको एउटा भैँसी मरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण