शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

झण्डा फहराउँदै यसरी फर्किइन् सुशीला (फोटो/भिडियो)

आइतबार, २४ वैशाख २०७४, ०९ : २४
आइतबार, २४ वैशाख २०७४

काठमाडौँ, वैशाख २४ – आफूमाथि लगाइएको महाभियोग प्रस्ताव सर्वोच्च अदालतले उल्टाउँदै काममा फर्कने आदेश दिएपछि प्रधानन्यायाधीस सुशील कार्की पुनः सर्वोच्च अदालत फर्किएकी छिन् ।

आइतबार बिहान साढे ९ः २० बजे उनी सर्वोच्च अदालत पुगेकी हुन् ।

बा २ झ ११७५ नम्बरको गाडी चढेर उनी सर्वोच्च अदालत प्रवेश गरेकी थिइन् ।

गत आइतबार सत्तारुढ दल नेपाली काँग्रेसको प्रस्ताव र नेकपा माओवादी केन्द्रको समर्थनमा कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता भएको थियो । महाभियोग दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेकी थिइन् ।

तर, शुक्रबार चोलेन्द्र शमशेर जबराको एकल इजलासले महाभियोग प्रस्ताव अघि नबढाउने आदेश दिँदै कार्कीलाई सर्वोच्चमा फर्कन भनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप