आज संसद वैठक : महाअभियोग प्रस्तावलाई के गर्छिन् सभामुख ?
बैशाख २४, काठमाडौं– बैशाख २४, काठमाडौं–प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्ध सत्तारुढ दल काँग्रेस र माओवादी सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएपछि बस्न नसकेको संसद वैठक आज बस्दैछ ।
शुक्रवार एमालेको नाराबाजीपछि सभामुखले आइतवार दिउँसो एक बजेसम्मका लागि वैठक स्थगित गरेकी थिइन् । तर, आज वैठक बस्ने नबस्ने निश्चत नभएको संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बताएका छन् ।
शुक्रवार सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्ताव पेश गर्न प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मालाई बोलाएपनि विपक्षीले वेल घेराउ गरेपछि सम्भव भएको थिएन । त्यसपछि वैठक स्थगित भएको थियो । एमालेले सभामुखको कार्यशैलीमाथि पनि टिप्पणी गरेको थियो ।
तर, शुक्रवार नै सर्वोच्च अदालतले संसदमा दर्ता गरिएको प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अगाडी नबढाउन अन्तरिम आदेश दिएपछि महाअभियोग प्रस्तावमा नयाँ मोड आएको छ । शुक्रवार नै हाजिर गरेकी कार्की आजबाट सर्वोच्चमा फर्केकी छिन् ।
महाअभियोग प्रस्ताव दर्ता गराउने काँग्रेस र माओवादीका सांसदले सर्वोच्चको आदेशले संसदको विशेषाधिकार हनन् भएको दावी गरेका छन् । यसकारण आज वैठक बस्यो भने महाअभियोग प्रकरणमा संसदमा संसदहरुले मत राख्ने सम्भावना छ ।
सभामुख ओनसरी घर्ती पनि महाअभियोग प्रकरणमा आएको सर्वोच्चको आदेशपछि परामर्शमा जुटेकी थिइन् । उनलाई विभिन्न विकल्पसहितका सुझाव आएका थिए ।
सभामुखसँग सर्वोच्चले आदेश गरेजस्तै सभामुखले प्रधानन्यायाधीशमाथि लागेको महाअभियोगको प्रक्रिया तत्काल रोक्न सक्ने विकल्प छ ।
यदि यो विकल्पमा सभामुख अगाडि बढे महाअभियोगमाथिको अन्तिम किनारा पनि सर्वोच्चको अन्तिम फैसलापछि मात्र हुनेछ । यो विकल्प स्विकारेमा संसद्ले सर्वोच्च अदालतको अन्तिम फैसला कुर्नुपर्नेछ ।
त्यसबाहेक सभामुखसँग रहेको अर्को विकल्प संसद्का २४९ सांसदले दर्ता गरेको र सदनमा प्रस्तुतसमेत भइसकेको प्रस्ताव किनारा लगाउनु संसद्को कर्तव्य र विशेष अधिकार हो भनेर प्रक्रिया अगाडि बढाउने छ । सभामुखलाई कतिपयले यस्तो सुझाब पनि दिएका छन् ।
प्रधानन्यायाधीशका रूपमा सुशीला कार्कीले आइतबार जिम्मेवारी लिएपछि आउने थप आदेश हेरेर कदम चाल्ने विकल्पवारे पनि सभामुखलाई सुझाव दिएको छ ।
प्रधानन्यायाधीशले सरकार, संसद् वा दलका नेतालाई लक्षित गरेर कारबाही प्रक्रिया अघि बढाएमा प्रतिवादमा जानैपर्ने सल्लाह पनि सभामुखले पाएकी छिन् ।
सभामुखले आइतबारको संसद् स्थगित गरेर सर्वोच्चको कदम हेर्ने सम्भावना पनि छ । तर, उनले लिने अन्तिम कदम के हुन्छ भन्ने अझै स्पष्ट भएको छैन् ।
सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ सांसदले गत आइतबार प्रधानन्यायाधीश कार्की संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । अधिवक्ताद्वय कञ्चनकृष्ण न्यौपाने र सुनीलरञ्जन सिंहले महाभियोग प्रस्ताव खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा महाअभियोगसम्बन्धी कुनै पनि काम–कारबाही अघि नबढाउन अन्तरिम आदेशको माग गरिएको थियो । सभामुख, व्यवस्थापिका–संसद् सचिवालय, कांग्रेस संसदीय दलको कार्यालय, माओवादी केन्द्र संसदीय दलको कार्यालयलाई विपक्षी बनाइएको थियो ।
त्यसपछि गत शुक्रवार न्यायाधीस चोलेन्द्रशमसेर जवराको इजलासलेसंसदमा दर्ता गरिएको प्रधानन्यायाधिश सुशिला कार्की्वरुद्धको महाअभियोग प्रस्ताव अगाडी नबढाउन अन्तरिम आदेश दिएको थियो । त्योसँगै कार्कीलाई शुक्रबारबाटै काममा फर्कन पनि सर्वोच्चले भनेको थियो ।
सत्तारुढ दलहरुले भने तत्काल केही थप कारवाहीमा नजाने रणनीति बनाएको देखिएको छ । अहिले तत्काल थप कारवाहीमा जादा चुनावी वातवरण विग्रन सक्ने उनीहरुको चिन्ता छ । प्रमुख दलले अदालतले चुनाव प्रभावित गर्ने गरी काम गरे आफुहरुले त्यहीँ अनुसारको कदम चाल्ने विषयमा पनि छलफल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण