नवलपरासीमा चुनावी माहोल तात्दै, घरदैलो गर्न होडबाजी
आइतबार, २४ वैशाख २०७४, १० : ५१
नवलपरासी, बैशाख २४ –स्थानीय चुनावको मिति नजिकिदै गएपछि नवलपरासीमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । विभिन्न राजनीतिक दलहरु आफ्ना घोषणापत्र सहित चुनाव प्रचारप्रसारमा गर्न घरदैलो अभियानमा जुटेका छन् । पहिलो चरणको निर्वाचनमा नवलपरासीको प्रदेश नं ४ नवलपुर क्ष्ोत्रमा पर्ने ४ नगरपालिका र ४ गाउँपलिका गरि कुल ८ स्थानिय तहको निर्वाचन हुदै छ भने बाँकी ७ स्थानीय तहको निर्वाचन दोश्रो चरणमा हुने भएको छ ।
जिल्लाकोे गैडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र बुङ्गदीकाली, बुलिंगटार, हुप्सेकोट, विनयी त्रिवेणी गाउपालिकामा उम्मेदवारहरु आआफनो चुनाव चिन्हको टिसर्ट लगाई, पार्टीगत झण्डा बोक्दै विभिन्न तामझामका साथ गाउँ चोकचोकमा भोट माग्न व्यस्त देखिएका छन् । एक पदका लागि दर्जन उम्मेदवार परेका छन् भने चुनावी प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ ।
जिल्लाको कावासोती नगरपालिकामा मेयर पदका लागी ११ जनाले उमेद्वारी दिएका छन् भने उपमेयरमा ९ जनाको उमेद्वारी परेकोे छ । नगरपालिकामा कुल १७ वटा वडा छन् । गैडाकोट नगरपालिकामा पनि मेयर पदको लागि १० जनाको उम्मेद्वारी परेको छ भने उपमेयरको लागि ७ जनाको परेको छ । त्यस्तै देवचुली नगरपालिकाको मेयरमा १० जनाले उम्मेदवारी दिएका छने भने उपमेयरमा ६ जनाको नाम दर्ता भएको छ । मध्यबिन्दु नगरपालिकामा मेयरका लागि १२ र उपमेयरका लागि ७ जनाको उम्मेदवारी छ ।
यता गाउँपालिकामध्ये हुप्सेकोट गाउपालिकामा प्रमुखमा ५ जना र उपप्रमुखमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने बुङदीकाली गाउपालिकामा प्रमुखमा ४ र उपप्रमुखमा ४ जनाको उम्मेदवारी दर्ता छ ।
बुलिङटार गाउंपालिकाको प्रमुखमा ४ र उप्रमुखमा २ जनाको नाम दर्ता छ । त्यस्तै त्रिवेणी विनयी गाउंपालिका प्रमुखमा १० र उप्रमुखमा ५ जनाको उम्मेदवारी दर्ता छन् ।
चुनाव हुन लागेको यस नवलपुर क्षेत्रमा कुल १ लाख ८१ हजार ९ सय ९९ मतदाता संख्या रहेको निर्वाचन कार्यलयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण