राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा प्रभातफेरी
काठमाडौ, बैशाख २४ –राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरि मनाईदैछ । दिवसको अवसरमा आईतबार राजधानीमा ‘पत्रकारिताको प्राथमिकता, समन्याय र समृद्धि’ भन्ने नाराका साथ प्रभात फेरी गरिएको छ ।
आज बिहान काठमाडौको भृकुटीमण्डपबाट भूगोलपार्कसम्म गरिएको प्रभातफेरिमा संचारमन्त्री सुरेन्द्र कुमार कार्की लगायत संचार सम्बद्ध व्यक्तित्वहरुको उल्लेख्य सहभागिता थियो । २०७३ माघमा सरकारले गरेको निर्णय अनुसार नेपालको पहिलो र पुरानो पत्रिका गोरखापत्र दैनिक स्थापना भएको दिन अर्थात वैशाख २४ गतेका दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन थालिएको हो ।
दिवसको अवसरमा गोरखापत्र संस्थान र सूचना तथा सञ्चार मन्त्रालयले प्रवचन र वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण गर्दैछ । वरिष्ठ पत्रकार सम्मानमा मदनमणि दिक्षित काठमाडौ, नारायणप्रसाद शर्मा दाड, कृष्णा ताम्राकार काठमाडौ र विश्ववन्धु भण्डारी तनहुँ रहेका छन् ।
त्यसैगरी राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेमा चितवनबाट गणशेखर शर्मा, मोरङबाट शिव बहादुर बस्नेत, बाँकेबाट सिराज खान र उदयपुरबाट गजेन्द्र बुढाथोकी रहेका छन् । अपरान्ह संञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा पत्रकार सम्मान र पुरस्कार वितरण गरिने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण