प्रधानन्यायाधीश बिदामा बस्ने सम्भावना कति ?
आइतबार, २४ वैशाख २०७४, ११ : ००
बैशाख २४, काठमाडौं– सर्वोच्चले महाअभियोग प्रस्ताव अगाडि नबढाउन आदेशदिएपछि प्रधानन्यायाधीस सुशीला कार्की आइतवारबाट आफ्नो काममा फर्केकी छिन् । यद्यपी हाजिर भने उनले शुक्रवार नै गरेकी थिइन् । सर्वोच्चको आदेशमा शुक्रवारबाटै काममा फर्कन भनिएको थियो ।
६५ बर्षे उमेरहदका कारण प्रधानन्यायाधीस कार्की जेठ २५ गतेबाट स्वत अवकास हुँदैछिन् । अर्थात जुन दिन कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो, कार्कीको निवृत हुन मात्र ३८ दिन वाँकी थिए । गत आइतवार संसदमा महाअभियोग प्रस्ताव दर्तापछि कार्की स्वत निलम्वनमा परेकी थिइन् । यद्यपी आदेशपछि उनी आफ्नो काममा फर्केकी छिन् ।
सामन्यत आफ्नो निवृत भन्दा एक महिना अगाडिबाट प्रधानन्यायाधीस विदामा बस्ने चलन छ । यदि यस्तो परम्परा अनुसार अगाडि बढे प्रधानन्यायाशीस कार्की भोलि अर्थात बैशाख २५ बाट विदामा बस्न सक्छिन् । तर, उनी विदामा बस्ने–नबस्ने आाधिकारिक सूचना भने केही छैन ।
कतिपय कानुनव्यवसायीको मान्यता के छ भने संसद र न्यायालीयबीच देखिएको विवादलाई कम बनाउन कार्कीको विदा सहयोगी हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण