सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्धवृद्धा दुखी
बर्दिया, २४ वैशाख । सामाजिक सुरक्षा भत्ताबापतको रकम ३ महिना बितिसक्दा पनि नपाएका कारण वृद्धवृद्धाले गुनासो गर्न थालेका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाका–१ देखि ५ नं वडाका वृद्धवृद्धाले अझै पनि सुरक्षा भत्ता पाउन सकेका छैनन । सरकारले स्थानीय तहको पुनःसंरचना गरेको महिना बितिसक्दा पनि जिल्ला समन्वय समितिले नगरपालिका कार्यालयको खातामा रकम उपलब्ध नगराएका कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित बनेका हुन् ।
सामाजिक सुरक्षा कार्यविधि २०७३ अनुसार गत फागुन मसान्तभित्र बाँड्नुपर्ने रकम तत्कालीन जिल्ला विकास समितिले समयमै खातामा रकम उपलब्ध नगराएका कारण र खाता बन्द भएकाले भत्ता वितरण गर्न ढिला भएको ठाकुरबाबा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सुरेश सुनारले बताए ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबैको बैंक खातामा रकम जम्मा भएको सूचना एक हप्ताभित्रमा दिइने नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सुनारले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण