स्थानीय निकाय निर्वाचनमा इजात प्राप्त हतियारनै सुरक्षा चुनौती
रामभरोसी यादब
सिरहा, बैशाख २४– जिल्ला प्रशासन कार्यालय सिरहाले इजाजत प्राप्त हतियार बुझाउन आह्वान गरेपनि सर्वसाधारणले हालसम्म १४ थान मात्र हतियार बुझाएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा तीन सय ३२ थान विभिन्न खालका हतियार (बन्दुक) रहेको छ । जसमा बारबोर एकनाले, बारबोर दुई नाले, बाइसवोर राइफल एक नाले, बारवोर पोस्तोल, एयरगन सहित विभिन्न प्रकारका हतियार रहेका छन् । जिल्ला प्रशसान कार्यालयले हालसम्ममा १४ थानमात्र हतियार बुझाएको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । भएका हतियारमध्ये सवैभन्दा धेरै राजनीतिक दलका नेताहरुसँग भएकाले स्थानीय निकायको निर्वाचनमा त्यसको गलत प्रयोग हुन सक्ने आशंकामा जिल्ला प्रशासन कार्यालय सिरहाले चौत १० गतेदेखि बैशाख १५ गतेसम्मको हसयार बुझाउने मय सीमा तोको थियो । यस अवधिमा एकजनाले पनि हतियार नबुझाएपछि हतियार संकलनको जिम्मा प्रहरीलाई लगाइएको हो । सिरहामा पछिल्लो चरणमा मात्र चुनाव हुने भएपछि हतियार बुझाउने समय अझै रहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जनाए । उनले हतियार बुझाउन स्थानीय तथा राष्ट्रिय संचारबाट प्रचार प्रशार गर्दापनि थोरैमात्र हतियार बुझाएको जानकारी दिए । प्रचार प्रसारलेमात्र सवैले हतियार नवुझाउने अवस्था आएपछि प्रहरी परिचालन गरेरै हतियार संकलन गर्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जनाएको छ । हतियार बुझाउने समय अझै समय रहेको भन्दै उनले जिल्ला प्रहरीलाई नामावली पठाईसकेको जनाए । स्थानीय निकायको निर्वाचनमा यही हतियार चुनौती बन्न सक्ने सुरक्षा निकायहरुले आशंका गरेको छ । हतियार धेरैजसो राजनीतिक दलका नेताहरुसँग रहेको छ । त्यसपछि पुराना जमिनदार घरानीया परिवारले इजाजतप्राप्त हतियार राखेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण