यस्तो छ ललितपुर महानगरपालिकाका मेयर र उपमेयरको नालीबेली
ललितपुर, वैशाख २४ – माओवादी केन्द्रका तर्फबाट ललितपुर महानगरपालिकामा दिनेश महर्जन र हसिना शाक्य मेयर तथा उपमेयरका उम्मेदवार बनेका छन् । जिल्लाका दक्षिणी क्षेत्रमा बलियो पकड भएको दावी गरेको माओवादी केन्द्रले आफ्ना उम्मेदवारले विजय हासिल गर्ने दावी समेत गरेको छ । निर्वाचनमा खटिएका उम्मेदवारहरु संघर्शशील र महानगरपालिको समग्र विकासका लागि लामो समयदेखि योगदान दिँदै आएकोले जीत सम्भावना भएको माओवादी केन्द्र ललितपुरका जिल्ला इन्चार्ज हरि दाहालले दाबी गरे । ललितपुर महानगरपालिकामा ६५ प्रतिशत नेवार समुदायको बसोबास रहेकोमा अधिभन्दा बढी महर्जन थरको बसोबास रहेकोले माओवादीको पकड बलियो भएको माओवादी जिल्ला अध्यक्ष राजकाजी महर्जनले बताए को हुन त उम्मेदवारहरु ? दिनेश महर्जन, मेयरका उम्मेदवार, ललितपुर महानगरपालिका ललितपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जन ’दिपेश’ जनयुद्धका शुरुवाती दिनबाटै माओवादी आन्दोलनमा जोडिएका हुन् । हाल पार्टीको पोलिटव्यूरो सदस्य रहेका उनी ललितपुर महानगरपालिका इन्चार्जको भूमिकामा छन् । युद्धकालमा माओवादी जनसेनाको व्रिगेड सह कमाण्डर रहेका उनी उपत्यकामा खटिएको एसटिएफ अर्थात स्पेशल टास्क फोर्सका सहकमाण्डर भएका थिए । ललितपुर महानगरपालिका २७ सुनाकोठीका बासिन्दा महर्जन मानसिक अस्पतालका पूर्व अध्यक्ष हुन् । त्यसैगरी शान्ति समिति ललितपुरका पूर्व संयोजक उनी नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष पनि हुन् । हसिना शाक्य, उपमेयरका उम्मेदवार, ललितपुर महानगरपालिका ललितपुर महानगरपालिका उपप्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार हसिना शाक्य राजनीतिमा भन्दा धेरै सामाजिक काममा सक्रिय छिन् । दर्जन बढी सामाजिक संघ संस्थाहरुमा क्रियाशील उनी २०६४ सालदेखि माओवादी राजनीतिमा सक्रिय भएकी हुन् । ललितपुर महानगरपालिका १६ कि वासिन्दा हसिना माओवादी केन्द्रको साधारण सदस्य मात्र हुन् । उनी वौद्ध बिहार संघकी अध्यक्ष,ललितपुर व्लड डोनर एशोसिएसनको उपाध्यक्ष, जय भीमसेन सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष, पटक पटक टोल सुधार समितिको अध्यक्ष, १६ नं. वडा स्वास्थ्य कार्यान्वयन समितिको टोल परिचालक रहेर सामाजिक काममा क्रियाशील रहेकी छिन्। त्यसैगरी ललितपुर महानगरपालिकाकै १६ नं. वडा नागरिक मञ्चको संयोजक रहेकी उनी अर्थशास्त्रमा स्नातकोत्तर हुन् । के छन् प्रतिबद्धता ? माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको समग्र विकासका लागि ८ वटा क्षेत्रमा प्रतिबद्धता सार्वजनिक गरेको छ । वातावरणीय सुधार, पूर्वधार विकास, शिक्षा, स्वस्थ्य, सूचना प्रविधि तथा सार्वजनिक सेवा, सामाजिक सुरक्षा, सांस्कृतिक तथा पर्यन विकास, युवा विकास तथा रोजगार र विपत व्यवस्थापनलगायतका क्षेत्रमा माओवादी उम्मेदवारहरुले प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण