‘कालेदाइ’ले बनायो रेकर्ड
आइतबार, २४ वैशाख २०७४, १२ : २२
काठमाडौं, बैशाख २४ – चलचित्र प्रदर्शन अगाडिनै केही चलचित्रको गीतले यु ट्युवमा तहल्का मच्चाउने गरेको छ । त्यस्तै गीत मध्यको एक हो चलचित्र ‘पर्व’को कालेदाई बोलको गीत ।
चलचित्रको यो गीतले छोटो समयमै यु ट्युवमा १ करोड माथिको दर्शक पाएको छ । जेठ १२ गतेबाट देशभरका देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको यो गीतमा मिना निरौला र निश्चल बस्नेतको स्वर, कोशिश क्षेत्रीको संगीत र दिनेश राउतको शब्द रहेको छ ।
गतिको भिडियोमा भने माला लिम्बु र निश्चल बस्नेतले नृत्य गरेका छन् । कविराज गहतराजले यो भिडियोको कोरियोग्राफी गरेका हुन् भने राजेश श्रेष्ठले खिचेका हुन् ।
गीतले पाँच महिनामा यतिधेरै दर्शक पाएको हो । नेपालको इतिहासका यो अवधिमा एक करोड दर्शक पाउने गीत यो नै पहिलो होला । चलचित्र सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएका हुन् ।
दिनेश राउतले निर्देशन गरेको चलचित्र नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ । चलचित्रको सस्पेन्स–थ्रिलर ट्रेलर पनि सार्वजनिक भैसकेको छ, जसलाई दर्शकले निकै रुचाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण