‘बाहुबली टु’ को नयाँ रेकर्डः हजार करोड कमाउने पहिलो भारतीय फिल्म
एजेन्सी
बैशाख २४ – बक्स अफिसमा दैनिक नयाँ रेकर्ड सेट गरिरहेको एसएस राजामौलीको फिल्म ‘बाहुबली टु’ ले कमाईको नयाँ इतिहास रचेको छ । बाहुबली भारतको पहिलो फिल्म बनेको छ जसले संसारभरी १ हजार करोडको कमाई गरेको छ ।
यो कुराको जानकारी ट्रेड एनालिष्ट रमेश बालाले ट्वीटमार्फत दिएका छन् ।
करण जोहरले पनि आफ्नो ट्वीटर ह्याण्डलमा फिल्मले १ हजार करोड पार गरेको खबर दिँदै फिल्म भारतीय सिनेमाका लागि माइलस्टोन साबित भएको बताए ।With ₹ 800+ Cr in India and ₹ 200+ Cr in Overseas, #Baahubali2 becomes the 1st Indian movie to do ₹ 1000 Cr @ WW BO.. ??#1000croreBaahubali pic.twitter.com/Jt2YYMW9w5
— Ramesh Bala (@rameshlaus) May 7, 2017
The biggest milestone has been reached by the biggest blockbuster of Indian cinema!!!! #1000croreBaahubali @ssrajamouli pic.twitter.com/3zjExCl0J9
— Karan Johar (@karanjohar) May 7, 2017
स्मरण रहोस्, बाहुबली टुले ९ दिन भित्र नै यो आँकडा पार गरेका छन् । फिल्मले भारतमा ६ सय करोडभन्दा धेरैको कमाई गरेको छ भने विदेशमा लगभग २ सय करोडको कमाइ गरेको छ । फिल्मको हाउसफूल शो हेर्दा अंदाज लगाउन सकिन्छ कि यसले १५ सय करोडको आँकडा पार गर्ने सम्भावना देखिएको छ ।
फिल्मका नायक प्रभासले आफ्नो फेसबुक पेजमा आफ्ना प्रशंसकलाई फिल्मको सफलता र उनीहरुलाई प्रेमको लागि धन्यवाद भन्दै विशेष नोट लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण