बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त
लागोस, २४ वैशाख । इस्लामिक उग्रवादी समूह बोको हरामद्वारा अपहरित नाइजेरियाको एक विद्यालयका कम्तीमा ८२ बालिकालाई अपहरणमुक्त गरिएको छ ।
सन् २०१४ मा उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरिएका २७० विद्यार्थीमध्ये ८२ जना अपहरणमुक्त भएका हुन् ।
नाइजेरिया सरकार र बोको हरामका प्रतिनिधिका बीचमा वार्ता चलिरहेका बेला बालिका अपहरणमुक्त भएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।
“हो, उनीहरु अपहरणमुक्त भएका हुन्, बोर्नो राज्यको बान्की सहरमा पुग्नका लागि उनीहरु अबुजाबाट हवाईजहाजमा गएका छन्,” एक अधिकारीले भने ।
बोको हरामको अपहरणमा परेका बालिकालाई छुटाउनका लागि राष्ट्रपति मुहामदु बुहारीको प्रशासनले स्थानीय र अन्तर्राष्ट्रिय मध्यस्तकर्ताको सहयोगमा लामो समयदेखि वार्ता गरिरहेको थियो । रातको समय पारेर गरिएको उक्त अपहरणको अन्तर्राष्ट्रिय क्षेत्रबाट चर्को आलोचना भएको थियो ।
राष्ट्रपति बुहारीले सरकारले निरन्तर वार्ता गरिरहेको र अपहरण गरिएका बालिकालाई सुरक्षितरुपमा रिहा गराइ छाड्ने अघिल्लो महिना बताएका थिए ।
उहाँले अरु बालिकाको बारेमा पनि आशा नमार्न उनीहरुका बाबुआमालाई आग्रह गर्नुभएको छ । सन् २०१६ को अक्टोबरमा पनि अरु २१ जना बालिकालाई अपहरणमुक्त गराइएको थियो ।
सन् २००९ बाट बोको हरामले नाइजेरियामा द्वन्द्व सुरु गरेदेखि अहिलेसम्म करिब २० हजारभन्दा बढी मारिएका छन् लाखौँ मानिस विस्थापित भएका छन् ।
अपहरण गरिएका अधिकांश बालिका इसाई धर्मावलम्बी थिए । उनीहरुलाई इस्लाम धर्मावलम्बी बन्न र बोको हरामका सदस्यसँग बिहे गर्न दबाब दिइएको थियो । रासस÷सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण