शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

आचारसंहिताको धज्जी उडाउँदै राप्रपाले निकाल्यो मोटरसाइकल -याली

आइतबार, २४ वैशाख २०७४, १३ : ०३
आइतबार, २४ वैशाख २०७४

हेटौडा, बैशाख २४– निर्वाचन आचारसंहिताविपरित कमल थापा नेतृत्वको राप्रपाले हेटौडामा मोटरसाइकल जुलुस निकालेको छ । हेटौडा उपमहानगरपालिकामा राप्रपाका मेयर उम्मेद्वार मधु अधिकारीको पक्षमा चुनाव प्रचारप्रसारको क्रममा राप्रपाले आइतबार सो ¥याली निकालेको हो । हेटौडा राप्रपा अध्यक्ष कमल थापाको गृहजिल्ला हो । निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ५ को ‘क’ को १३ मा ‘‘निर्वाचन प्रचार प्रसारको क्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारी साधनको ¥याली गर्न वा गराउन नहुने’ उल्लेख रहेको छ ।

यसअघि निर्वाचन आयोगले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालेका भन्दै शनिबार स्पष्टीकरण पेश २४ घण्टे आदेश दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप