शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

संसद बैठक जेठ ४ गतेसम्मको लागि स्थगित

आइतबार, २४ वैशाख २०७४, १३ : ०८
आइतबार, २४ वैशाख २०७४

काठमाडौं, बैशाख २४- व्यवस्थापिका संसदको बैठक सुचना टांसेर स्थगित गरिएको छ । आईतबार अपरान्ह १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सुचना टाँसेर स्थगित गरिएको हो । राजनीतिक सहमति जुट्न नसकेपछि व्यवस्थापिका संसद सचिवालयले विशेष कारणबस आईतबार बोलाईएको बैठक बस्न नसक्ने भएकाले जेठ ४ गते निर्धारण गरिएको जनाईएको छ । बैठक स्थगित भए लगतै संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा सभामुख ओनसरी घर्तीले मुलुकको परिस्थिति अत्यन्तै गम्भीर रहेकाले सबै निकाय र पदाधिकारीले आत्मसमिक्षा गर्दै वार्ता र छलफलबाट समस्या समाधान निकाल्न सजिलो होस् भनेर बैठक स्थगित गरेको बताइन् ।

सभामुख घर्तीले संविधानको धारा १०१ को उपधारा २ बमोजिम संसद सचिवालयमा दर्ता भई विधिवत रुपमा संसदमा प्रवेश गरिसकेको प्रधानन्यायाधीश शुशिला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव कसरी अघि बढाउने भन्ने विषय संसदको आन्तरिक र विशेषाधिकारको भएको संक्षिप्त प्रतिक्रिया दिइन् ।

व्यवस्थापिका संसदको आन्तरिक मामिला र विशेषाधिकार माथि कुनै पनि निकायले हस्तक्षप गर्न पनि उनले उल्लेख गरिन् । सभामुख घर्तीले शक्ति पृथकिकरणको सिद्धान्त अनुसार संविधानले नै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटै अंगको क्षेत्राधिकार स्पष्ट तोकेको हुँदा सबैले आफ्नो सीमामा बस्नुपर्ने बताइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप