प्रधानमन्त्रीसँग अमेरिकी कंग्रेसका सदस्यहरुको भेटवार्ता
आइतबार, २४ वैशाख २०७४, १३ : ५६
काठमाडौ, बैशाख २४ –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी कंग्रेसका सात सदस्यसहितको प्रतिनिधि मण्डलले भेट गरेको छ ।
आईतबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय हित, समसामयिक राजनीति र विकास आयोजनाका सम्बन्धमा कुराकानी भएको छि । भेटमा प्रधानमन्त्रीले नेपाल र अमेरिकाबीचको सम्बन्ध र भ्रमणहरु निकै फलदायी हुने गरेको बताएका छन् ।
भेटमा नेपालको शान्ति प्रक्रियाको सफलतामा अमेरिकी सहयोग महत्वपूर्ण रहेको बताए ‘ नेपालको शान्ति प्रक्रियाको सफलतामा अमेरिकाको सहयोग प्रशंसनीय छ । २ वर्षअघि नेपालमा गएको भूकम्पको बेला अमेरिकाले उद्दार, राहत र पूनर्निर्माणका खेलेको भूमिका महत्वपूर्ण छ । त्यसका लागि यहाँहरुमार्फत् म अमेरिकी सरकार र जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
नेपाल राजनीतिक स्थिरता, विकास र आर्थिक समृद्धिको यात्रामा लम्किरहेको जानकारी दिँदै प्रधानमन्त्रीले अमेरिकी लगानी र अनुदानमा नेपालमा सञ्चालित आयोजनाहरुले आर्थिक समृद्धिको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए ।
भेटमा अमेरिकी कंग्रेसका सदस्यहरुले नेपालको शान्ति प्रक्रिया, मानव अधिकारको अवस्था, व्यापार तथा लगानी सम्झौता लगायतका विषयमा प्रधानमन्त्रीसँग चासो राखेका थिए । प्रतिनिधि मण्डलले राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयले अमेरिकी कुटनीति र परराष्ट्र सम्बन्धमा कुनै फरक नपर्ने जानकारी दिँदै नेपालका विकास आयोजनाहरुमा अमेरिकी सहयोग र लगानी गर्न आफूहरु तयार रहेको बताएको थियो । अमेरिकी कंग्रेसका सदस्यहरु जिम सेन्सेन्ब्रेनर, इलिट एञ्जेल, जिम एमसी गभर्न, बिट्टी एमसी कोलुम, जुडी चु, जोयी बिट्टी, प्रमिला जयपाल लगायतका अमेरिकी कुटनीतिक नियोगका प्रतिनिधिहरु उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
-
सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्यो : सिभिल सहकारी पीडित
-
कर्णाली प्रदेशसभा बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण