शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

ललितपुरमा चुनावी माहोल तात्दै, घरदैलो र कोणसभा गर्न होडबाजी

आइतबार, २४ वैशाख २०७४, १४ : ०८
आइतबार, २४ वैशाख २०७४

रामहरि कार्की ललितपुर, बैशाख २४–स्थानीय चुनावको मिति नजिकिदै गएपछि ललितपुरमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । विभिन्न राजनीतिक दलहरु आफ्ना घोषणापत्र सहित चुनाव प्रचारप्रसारमा गर्न घरदैलो अभियान तथा कोण सभामा जुटेका छन् । पहिलो चरण अन्तर्गतको निर्वाचनमा ललितपुरका १महानगर, २ नगरपालिका र ३ गाउँपालिका गरि कुल ६ स्थानीय तहको निर्वाचन हुदैछ । जिल्लाकोे ललितपुर महानगरपालिका, महालक्ष्मी, गोदावरी नगरपालिका र बागमती, कोन्ज्जोसोम, महाँकाल गाउपालिकामा उम्मेद्वारहरु आआफनो चुनाव चिन्हको टिसर्ट लगाई, पार्टीगत झण्डा बोक्दै विभिन्न तामझामका साथ गाउँ, शहरको चोकचोकमा भोट माग्न व्यस्त देखिएका छन् । एक पदका लागि दर्जन उम्मेदवार परेका छन् भने चुनावी प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ । जिल्लाको ललितपुर महानगरपालिकामा मेयर पदका लागी १४ जनाले उम्मेद्वारी दिएका छन् भने उपमेयरमा ११ जनाको उम्मेद्वारी परेकोे छ । यस महानगरपालिकामा २ लाख ८४ हजार ९ सय २२ जनसंख्या रहेको छ भने २९ वटामा विभाजित छ । महालक्ष्मी नगरपालिकामा पनि मेयर पदको लागि ७ जनाको उम्मेद्वारी परेको छ भने उपमेयरको लागि ६ जनाको परेको छ । साविकको सिद्धिपुर, लुभु, लामाटार, टिकाथली, इमाडोल गाविसलाई समावेश गरी बनाइएको हो, महालक्ष्मी नगरपालिका । यस नगरपालिकाको जनसंख्या ६२ हजार १ सय ७२ छ भने १० वडामा विभाजित छ । त्यस्तै गोदावरी नगरपालिकाको मेयरमा १८ जनाले उम्मेदवारी दिएका छन् भने उपमेयरमा ७ जनाको नाम दर्ता भएको छ । साविकको गोदावरी नगरपालिकामा देवीचौर, चापागाउँ, लेले, बडीखेल, ठेचो, छम्पी र डुकुछाप समावेश गरी गोदावरी नगरपालिका बनाइएको हो । यसको जनसंख्या ७८ हजार ३ सय १ छ भने १४ वडामा विभाजित छ । महाँकाल गाउँपालिकामा अध्यक्षमा ७ जना र उपाध्यक्षमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । साविकको कालेश्वर, चन्दनपुर, मानीखेल, बुखेल, गोटीखेल, ठूलादुर्लुङ गाविस समावेश गरी बनाइएको हो । यहाँको जनसंख्या ९ हजार ४ सय ५३ रहेको छ र ९ वटा वडामा विभाजित रहेको छ । त्यसैगरी बागमती गाउँपालिकामा अध्यक्षमा ६ जना र उपाध्यक्षमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।साविकको गिम्दी, आश्राङ, प्युटार, इकुडोल, माल्टा, घुसेल, भट्टेडाडाँ समावेश गरी बागमती गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको जनसंख्या १३ हजार ४९ जनसंख्या रहेको छ भने ७ वटा वडामा विभाजित छ । कोन्ज्जोसोम गाउँपालिकामा अध्यक्षमा ६ र उपाध्यक्षमा ५ जनाको उम्मेदवारी दर्ता छ ।साविकको संखु, भारदेउ, नल्लु, चौघरे र दलचोकी गाविस समावेश गरी कोन्ज्योसोम गाउँपालिका बनाइएको हो । यसको जनसंख्या ९ हजार ७ सय ९ र ५ वटा वडामा विभाजित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप