काठमाडौँ बनाउने यस्तो छ विद्यासुन्दरको सपना
विद्यासुन्दर शाक्य
नेकपा एमालेले समीकरण नगरी एक्लै उठे पनि महानगरपालिकामा विजय हसिल गर्छ । तर माथिल्लो तहमा राजनीतिक तालमेल भएको हुँदा हामीले पनि तालमेल गरेका हौँ । यो तालमेलले हामी जितको नजिक पुगेका छौँ । हाम्रो विजयपछि समृद्ध, सुन्दर, सांस्कृतिक रुपले भरीपूर्ण काठमाडौँ बनाउनेछौँ ।
मैले जितेपछि काठमाडौँलाई यही अवस्थामा व्यवस्थित गर्ने छु । मैले पेरिस र अन्य कुनै देशको राजधानीजस्तो बनाउनेछु भन्ने अरुको जस्तो आश्वासन दिएको छैन । काठमाडौँलाई सुन्दर, सफा काठमाडौँ नै बनाउने छु । यहाँको धार्मिक सांस्कृतिक पहिचानलाई जस्ताको तस्तै राखेर समृद्ध काठमाडौँ बनाउनेछु ।
राजनीति गर्नेले देशलाई कस्तो बनाउने भन्ने सपना देख्नुपर्छ । त्यसलाई पूरा गर्न उसमा समपर्णको भावना, त्यागको भावना हुनुपर्छ अनि मात्र राजनीति गर्न सम्भव हुन्छ । कम्युनिस्टमा त यस्ता भावना झन बढी नै हुन्छन् । अहिले म काठमाडौँको लागि धेरै गर्छु भन्दिनँ । सबैभन्दा पहिला राजधानीको ट्राफिक जाम हटाउने छु । यो अहिलेको सबैभन्दा बढी समस्या विषय बनेको छ । यसलाई व्यवस्थापन गर्ने छु ।
व्यवस्थित रुपले सवारी साधन प्रयोग गर्न लगाउने हो भने यो समस्या चाँडै नै समाधान हुन्छ । अहिले धेरै केही गर्नु पर्दैन यहाँ भएको स्रोत साधनलाई प्रयोग गर्ने हो भने समस्या समाधान हुन्छ ।
राजधानीलाई २४ घण्टा खुल्ला राख्नेछु । राजधानी आजभोलि ८ बजे नै बन्द हुन्छ, अब त्यस्तो हुने छैन । सुरक्षित राजधानी बनाउने छु । यसको लागि पनि धेरै ठूलो केही गर्नुपर्दैन । उपलब्ध जनशक्तिबाट नै राजधानी सुरक्षित बनाउन सकिन्छ । नेपाल प्रहरी, महानगर प्रहरी र जनसुमदाय मिल्ने हो भने राजधानी सुरक्षित हुन समय लाग्दैन । यो पनि मेरो पहिलो काम हुनेछ । राजधानीलाई अझै आकर्षणको केन्द्र बनाउने छु । राजधानीमा मान्छे धेरै भए भन्छन् । तर त्यस्तो होइन । यहाँ आएका मान्छेलाई रोजगारीको व्यवस्था गर्नुपर्छ । पढ्न आएका भाइबहिनीले बिहान पढ्छु, दिउँसो र साँझ काम गर्छु भने भने यो अवसर म उपलब्ध गराउने छु । मन्दिरै मन्दिर भएको शहरमा पर्यटकलाई बढीभन्दा बढी आउने वातावरण बनाउने छु ।
अहिले राजधानी फोहोर छ । यसलाई सफा बनाउनेछु । सफा गर्न धेरै समय र धनजन लाग्दैन । यसका लागि इच्छा शक्ति बढी चाहिन्छ । यो शहर स्वच्छ बनाउन महानगरपालिकामा नै कर्मचारी छन् । अझ निजी सफाइ गर्ने कर्मचारी छन् । यी सबै कर्मचारीलाई सही तरिकाले परिचालन गर्ने हो भने एक महिनामा यो राजधानीको मुहार फेर्न सकिन्छ ।
शिक्षा र स्वास्थ्यमा ठूलै परिवर्तन गर्ने चाहना छ । सबैलाई शिक्षा र स्वास्थ्य सबैलाई निःशुल्क र अनिवार्य हुनुपर्छ । यसका लागि पूर्णरुपमा लागिपर्ने छु । महानगरीय अस्पताल निमार्ण गर्ने सोचाइ छ । यसमा ज्येष्ठ नागरिक, ५ वर्षमुनिका बालबालिका र अपाङ्गलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउने व्यवस्था गर्नेछौँ । महानगरपालिकाले ज्येष्ठ नागरिकलाइ वार्षिक १२ हजार दिने छ । उहाँहरुले जीवनभरि देशको सेवा गरेका हुन्छन् । उहाँलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो ।
शिक्षामा निजी विद्यालय सबै बन्द हुनुपर्छ भन्दैनौँ । तर सरकारी स्तरमा उन्नति गर्दा धेरै समस्या समाधान हुनेछन् । यसका लागि मैले पहल गर्ने मात्र होइन अनिर्वाय पूरा गर्छु ।
राजधानीमा मोनो रेल चलाउँछौ । यसका लागि पहिलो चरणको काम पूरा भएको छ । यो काम दुई वर्षमा पूरा गरेर चत्रपथमा मोनो रेल चलाउने योजना छिटै पूरा हुन्छ । (कृष्ण गिरीसँगको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण