शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मनकामना प्रवेशद्वार नजिकै मोटरसाइकललाई माइक्रोबसको ठक्कर, एकको मृत्यु

आइतबार, २४ वैशाख २०७४, १४ : ३२
आइतबार, २४ वैशाख २०७४

चितवन, २४ वैशाख । कुरिनटारमा माइक्रोबसको ठक्करबाट आज मोटरसाइकल चालक लमजुङका २८ वर्षीय विनोदकुमार गुरुङको मृत्यु भएको छ ।

आज बिहान करिब ८ः४५ बजे इच्छाकामना गाउँपालिका–४, कुरिनटार, मनकामना प्रवेशद्वार नजिकै सो दुर्घटनामा अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ६४८८ नंको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको बा ८३ प ६४८६ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका विनोदको उपचारका लागि कलेज अफ मेडिकल साइन्सेज भरतपुर ल्याउने क्रममा आज बिहान करिब ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकलको पछाडि बस्ने उनकी श्रीमती मनिषा घाइते भएको र उनको अहिले कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । माइक्रोबसका चालकलाई भने नियन्त्रणमा लिइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप