बिकास बैंकको नाफामा प्रगति : अग्रस्थानमा कैलाश र मुक्तिनाथ
किरण ढकाल
काठमाडौं, वैशाख २४–बैंक तथा वित्तिय संस्थाले चालु आर्थिक बर्षको पछिल्लो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरिरहँदा बिकास बैंकहरुले पनि यो अवधीमा उल्लेख्य नाफा आर्जन गरेको देखिएको छ । चालु आवको चैत मसान्तसम्मको अवधीमा थुप्रै विकास बैंकहरुले आफ्नो नाफा गत आवको सोही अवधीको तुलनामा उल्लेख्य रुपमा वढाएका छन् ।
बैकहरुको कर्जा प्रवाहसँगै ब्याज आम्दानीमा भएको उल्लेख्य सुधारकै कारण विकास बैंकहरुले नाफा वढाएका हुन् । धेरै बैंकहरुले आफ्नो खराब कर्जाको प्रतिशत समेत घटाएका छन् । नेपाल राष्ट्र बैंकले चालु आवकै असार मसान्त सम्ममा बैंक तथा वित्तिय संस्थालाई चुक्ता पुँजी वढाउनुपर्ने वाध्यकारी व्यवस्था गरेको छ । जसका कारण धेरैजसो बैंक वित्तिय संस्थाले नाफा बढाएर सेयरधनीलाई वोनस वितरण गर्ने, हकप्रद जारी गर्ने काम गरिहरेका छन् । यस्तै, कतिपय मर्जरको प्रक्रियामा पनि गइरहेका छन् ।
केन्द्रीय बैंकले बैंक तथा वित्तिय संस्थाको संख्या कम गर्ने र उनीहरुको वित्तिय अवस्थामा सुधार ल्याउने रणनीति अनुसार पुँजी वृद्धिको अवधारणा अघि सारेको थियो । सो अवधारणा अनुसार केही विकास बैंक, फाइनान्स कम्पनीहरु मर्जरमा गएपनि वाणिज्य बैंकहरु भने अरुलाई प्राप्ती गर्ने, वोनस सेयर हकप्रद जारी गरेर नै पुँजी पु¥याउने योजनामा छन् । यस्तो अवस्थामा मुलुकमा सञ्चालनमा रहेका ३० वटा विकास बैंकले भने आफ्नो नाफामा सुधार गर्दै वित्तिय अवस्थामा समेत मजवुत देखिन थालेका छन् ।
चालु आवको चैत सम्म कैलाश विकास बैंक, फेवा विकास बैंक, यति डेभलपमेन्ट, महालक्ष्मी विकास बैंक, ज्योती विकास बैंकले उल्लेख्य नाफा आर्जन गरेका छन् । यस्तै, गरिमा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक, ओम डेभलपमेन्ट, सांग्रिला डेभलपमेन्ट लागयतका बैंक पनि वढी नाफा कमाउने विकास बैंकको सूचीमा दर्ज भएका छन् ।
कुन बैंकको कति नाफा (हजारमा) कैलाश विकास बैंक– ३,६७,९९४ मुक्तिनाथ विकास बैंक–३,५५,१२५ सिद्धार्थ डेभलपमेन्ट –२,८८,३१८ फेवा विकास–२,७३,१३५ साइन रेसुङ्गा–२,६९,००५ ओम डेभलपमेन्ट–२,६५,७१६ सांग्रिला डेभलपमेन्ट–२,४४,९०३ महालक्ष्मी विकास बैंक–२,२०,४०३ ज्योती विकास–१,९२,६५८ गरिमा विकास बैंक–२,४८,५५२ यति डेभलपमेन्ट–२,१७,१४४ गण्डकी विकास बैंक– १,३३,९७७ काष्टमण्डप डेभलपमेन्ट–१,५२,२४६ विराट लक्ष्मी–९२,२४६ सहयोगी विकास–९२,९८० तिनाउ विकास –७८,०४६ हाम्रो विकास–३१,००२ अरनिको डेभलपमेन्ट–५०,६७६ मितेरी डेभलपमेन्ट –८२,७१८ देव विकास– १९,९०५ सप्तकोशी डेभलपमेन्ट–१६,६५३ पूर्णिमा विकास–७५,३७७ कन्ट्री डेभलपमेन्ट–३३,०२० सिन्धु विकास–२५,५५० कसमस डेभलपमेन्ट–१७,२७८ वेष्ट्रन डेभलपमेन्ट–४८,३४५ राप्तीभेरी विकास –१०,८०७ मनास्लु विकास–४५,७३८
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण