शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बस्न्यात र शर्माको उजुरीका लागि १० दिने म्याद

आइतबार, २४ वैशाख २०७४, १५ : २९
आइतबार, २४ वैशाख २०७४

काठमाडौ, बैशाख २४ –व्यवस्थापिका संसद अन्र्तगतको संसदीय सुनुवाई विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रस्तावित दीप बस्न्यात र महालेखा परीक्षकका लागि प्रस्तावित टंकमणि शर्मामाथि सार्वजनिक उजुरी आव्हान गरेको छ । समितिको आईतबार बसेको बैठकले प्रस्ताववित दुवै जनामाथि सार्वजनिक उजुरीका लागि १० दिनको समय उपलब्ध गराउने निर्णय गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदका लागि दीप बस्न्यात र महालेखा परीक्षक पदका लागि टंकमणि शर्मालाई नियुक्त गर्न संबैधानिक परिषद्ले गरेको प्रस्ताव अनुमोदन गर्न लागेकाले प्रस्तावित व्यक्तिमाथि केही गुनासो उजुरी भए १० दिन भित्र निवेदन दिन बैठकले आव्हान गरेको समिति सचिव ध्रुब प्रसाद घिमिरेले जानकारी दिए । प्राप्त उजुरीमाथि सार्वजनिक सुुनुवाई पछिमात्रै समितिले प्रस्तावित व्यक्तिको नाम अनुमोदन गर्नेछ । त्यसैगरी बैठकले स्पेनका लागि प्रस्तावित राजदुत भरत बहादुर रायमाझीको सुनुवाई स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि मात्रै गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप