शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

संघीय समाजवादी फोरमको बैठक सिरहामा

आइतबार, २४ वैशाख २०७४, १६ : ०२
आइतबार, २४ वैशाख २०७४
रामभरोसी यादब सिरहा, बैशाख २४–संघीय समाजवादी फोरम नेपालको मधेसका ११ जिल्लाको शीर्ष बैठक आइतबारदेखि सिरहामा सुरु भएको छ। बैठकमा पर्सादेखि झापासम्मका पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय परिषद् र जिल्ला अध्यक्षहरु सहभागी छन्। केन्द्र र जिल्लाका शीर्ष नेतृत्वलाई प्रशिक्षित गर्ने उद्देश्यले आयोजित बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, उपाध्यक्षहरु युवराज कार्की, रेणु यादव, लालबाबु राउत र केन्द्रीय कोषाध्यक्ष एवं पूर्वमन्त्री विजय यादव सहभागी छन्। संविधान संशोधन नभएसम्म चुनावमा नजाने बताउँदै आएको फोरम नेपालले वैशाख ३१ गते हुने प्रदेश नं. ३, ४ र ६ को चुनावमा सहभागिता जनाएको छ । ‘पार्टीले पहाडमा उम्मेदवारी दिएपछि केही अवसरवादी विरोधी तत्वले हामीलाई कमजोर पार्न जनतामा भ्रम छर्ने प्रयास गरिरहेका छन्। कसैले भ्रम अफवाह फैलाउँदैमा केही फरक पर्दैन। त्यो भ्रम चिरेर जनतालाई यथार्थ बुझाउन र संविधान संशोधन नभए आगामी आन्दोलनको रणनीति बनाउन बैठक बोलाइएको छ’ लहान बैठकमा सहभागी केन्द्रीय कोषाध्यक्ष विजय यादवले भने। पछिल्लो समय विकसित राजनीतिक परिस्थितिको सामना गर्न पार्टीलाई झन् सुद्दढ, संगठित, चुस्त दुरुस्त र नेतृत्वपंक्तिलाई अझ प्रभावकारी ढंगले परिचालन गर्न शीर्ष नेताहरुको बैठक बोलाइएको उनले बताए। गोष्ठीमा अध्यक्ष यादवसहित अन्य शीर्ष नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । काठमाडौंमा रहेका पार्टी अध्यक्ष यादव आइतबार बिहानै लहान आएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप