उर्जामन्त्रीको आक्रोश, ‘एजेन्ट बिना बल्ब किन्न खोज्दा कमिशन देख्ने ?, जनताबाट न्याय चाहेको छु’
भने, ‘राष्ट्रहितमा काम गर्दा जहाँ उभिन पनि तयार छु !’
राजेश भण्डारी
वैशाख २४, काठमाडौं– मन्त्रिपरिषद्बाट निर्णय गराएर न्युनतम विद्युत्त खपत गर्ने एलईडी चिम खरिद गरेर उपभोक्तालाई वितरण गर्न खोज्दा आलोचना भएपछी उर्जामन्त्री जनार्दन शर्माले आक्रोश ब्यक्त गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार बोलाएर मन्त्रि शर्माले भने, ‘मलाई पहिले न्युरोडतिर सन्ध्याकालिन बेच्ने हकर भट्याएको सम्झना भएको छ, हकरले एउटा कुरा भन्थ्यो पत्रिकामा अर्कै समाचार हुन्थ्यो त्यस्ता प्रवृत्ति नबढोस् ।’
खरिद ऐनमा भएको नियम अनुसार नै लिड बल्ब किन्ने तयारी शुरु गरिएको जानकारी दिँदै शर्माले भने, ‘मन्त्रिपरिषद्को निर्णय अनुसार बल्ब खरिद गर्न खोजेका हौं, यसमा प्रश्न उठाउनेलाई म के भन्छु भने, पिक आवरको २०० मेगावाट इनर्जी घटाउनु भ्रष्टाचार हो ? एक चौंथाई मूल्यमा उपभोक्तालाई बल्ब दिनु भ्रष्टाचार हो ?’
‘उर्जा पिक घटाउनु राष्ट्रको विरुद्धमा छ ?’ प्रश्न गर्दै शर्माले भने, ‘हेलिकप्टर खरिद गरेजस्तो यहाँ कुनै एजेन्ट र दलाल खडा गरिएको छैन, अनि कसरी कमिशन खाइन्छ ?’
‘राष्ट्रको पक्षमा काम गर्दा जहाँ उभिन पनि तयार छु’ उनले भने, ‘अहिले अन्य बल्ब बालेर ३० हजार विद्युत्त महसुल तिरिरहेको जनतालाई लिड बल्व बालेर ४ हजारमा सेवा दिन जनताको बिरुद्धमा कसरी हुन्छ ?’
उर्जा क्रान्तिका लागी आफ्नो टिम म्याराथुन दौडीरहेको उनले बताए । हरेक नेपालीले उर्जामा १ लाख शेयर हाल्ने ब्यवस्था मिलाउने योजना सार्वजनिक गर्नका लागी मात्र नभएर कार्यान्वयकै लागी बनाइएको दाबी गर्दै उनले भने, ‘भ्रष्टाचार र नाजायज प्रवृत्तिका कारण धेरै चुनौतिको सामान गर्नुपरेको छ ।’
‘के यो देशमा भ्रष्टाचार बिरुद्ध लड्ने मान्छे अभिषाप हो ?’ उनले प्रश्न गर्दै भने, ‘निस्वार्थ भावनाले काम गर्नु यो देशका लागी अभिषाप हो ? जनताबाट मैले न्याय चाहेको छु ।’
ब्युरोक्रेसी, राजनीति र मोफसलको गलत प्रवृत्तिविरुद्ध लडिरहेको उद्घोष गर्दैै मन्त्रि शर्माले भने, ‘केही नपाएपछी यहाँ सत्यलाई असत्य बनाउन खोजिएको छ, तर जनातालाई घात गर्दिनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण