शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

हेटौंडामा मुक्तिनाथ विकास बैंकको शाखा

आइतबार, २४ वैशाख २०७४, १६ : ०८
आइतबार, २४ वैशाख २०७४
काठमाडौं, वैशाख २४ – मुक्तिनाथ विकास बैंकको शाखा आईतवार हेटौंडा उपमहानगरपालिका वडा –४, कान्तीराजपथमा स्थापना भएको छ । उक्त शाखाको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार न्यौपानेले उद्घाटन गरेका हुन् । उनले आर्थिक समृद्धि अहिलेको आवश्यकता रहेकोले महिला र युवाहरुको उद्यमशीलता विकास गर्न उद्योग वाणिज्य संघ यस विकास बैंकसंग सहकार्य गर्न तत्पर रहेको बताए । उक्त शाखा समुद्घाटन कार्यक्रममा उक्त क्षेत्रका व्यापारी, समाजसेवी, कृषक र स्थानीय नागरिकहरु लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । बैंकले ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने मान्यतालाई आत्मसात गर्दै नेपालको परिवेश सुहाउँदो कुल ५७ वटा शाखा कार्यालयबाट १ लाख भन्दाबढी लघुवित्त सदस्य सहित कुल ३ लाख भन्दाबढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरी रहेको छ । यस विकास बैँकले हालसम्म कुल १५ अर्ब ३० करोड निक्षेप संकलन गरी १४ अर्ब २६ करोड कर्जा लगानी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप