कास्कीमा काँग्रेस उम्मेदवारको गाडीमा आगजनी
पोखरा, २४ वैशाख । नेपाली काँग्रेसबाट माछापुच्छ्रे गाउँपालिका–२ का वडाध्यक्षका उम्मेदवार गुञ्जमान गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा गए राति आगजनी गरिएको छ ।
गाउँपालिकास्थित सार्दीखोलामा पार्किङ गरिएको अवस्थामा रहेको ग १ ज ६४४५ नंको गाडी राति १२ः०० बजेतिर अज्ञात समूहले आगजनी गरेको काँग्रेस कास्कीका उपसभापति हरि आचार्यले जानकारी दिए ।
उहाँका अनुसार आगलागीबाट गाडी पूर्ण रुपमा ध्वस्त भएको छ । उम्मेदवार गुरुङले माछापुच्छे« गाउँपालिका लाहाचोकका स्थानीयवासी एवम् पार्टीका क्रियाशील सदस्य मखलाल परियारको गाडी चुनावी प्रयोजनका लागि प्रयोग गर्दै आएका थिए ।
यसैबीच काँग्रेस कास्कीले आज विज्ञप्ति जारी आगजनीप्रति खेद प्रकट गरेको छ । पार्टीका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा चुनावलाई प्रभावित गर्ने गरी हतास मनस्थितिका साथ गरिएका यस्ता कार्य निन्दनीय भएको उल्लेख गर्दै दोषीको पहिचान गरी तत्काल कारबाही गर्न माग गरिएको छ । आगामी दिनमा यस्ता कुनै पनि गतिविधि नगर्न पार्टीले चेतावनी दिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण