कुलमानको प्रश्न, ‘सरकारको लगानी बिना दुई सय मेगावाट बिजुली बचाउन सकिन्छ, अनि लिड बल्ब किन नकिन्ने ?’
वैशाख २४, काठमाडौं– नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले सरकारी लगानी बिना नै २ सय मेगावाट विद्युत्त बचाउने प्रक्षेपणसहित दुई करोड थान लिड बल्ब खरिद गर्न लागेको बताएका छन् ।
आईतबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मलनमा लिड बल्ब खरिद गर्नुकोे कारण खुलाँउदै घिसीङ्गले भने, ‘अहिलेको इन्क्यान्डिेन्ट र सिएफएल चिमलाई रिप्लेस गर्न सकेमा पिक आवरमा दुई सय मेगावाट विद्युत्त खपत कम गर्न सकिन्छ ।’
वैशाख २१ गतेको मन्त्रिपरिषद्को बैठकले दुई करोड लिड बल्ब किन्न प्राधिकरणलाई सैद्धान्तिक सहमति दिएसँगै खरिद प्रक्रिया त्रुटिपूर्ण भएको र कमिशनको खेल भएको भन्दै आलोचना शुरु भएपछि मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेको हो ।
‘आजभोलि साँझ ५ देखि ९ बजेसम्म लाईटिङ लोडका कारण सार्प पिक हुने गरेको छ, त्यो लोड राती घट्न अनि विहान फेरी बढ्न थाल्छ’ घिसिङ्गले भने, ‘पिक मिट गर्नु सबैभन्दा गाह्रो विषय हो, यसलाई मेनेज गर्न कुलेखानीले मात्र सम्भव हुँदैन, अरु रिजर्भवायर प्रोजेक्ट बन्न कम्तिमा पाँच बर्ष लाग्छ ।’
इनर्जी र क्यापासिट कम गर्न सकेमा उद्योग धन्दालाई बिजुली दिन सकिने उल्लेख गर्दै घिसिङ्गले भने, ‘डिमान्ड साइड मेनेजमेन्ट गरेर पिकको भार घटाउनका लागि म्यासिभ मेनेजमेन्ट गर्नुपर्ने हो, त्यो हालसम्म हुन सकेको छैन ।’
भारतमा लिड बल्बको प्रयोगबाट विद्युत्त खपत घटाउने विधी प्रयोगमा रहेको उल्लेख गर्दै प्राधिकरणले पनि भारत सरकारको स्वामित्वमा रहेको ईनर्जी ईफिसेन्सी सर्भिस लिमिटेडसँग ९ वाटको लिड बल्व खरिद गर्न लागेको जानकारी दिए ।
खरिद ऐन अनुसार नै लिड बल्ब खरिद गर्न लागिएको र यसबाट औद्योगिक लगायका क्षेत्रको लोडसेडिङ्ग घट्ने र उज्यालो नेपालको सपना साकार हुने उनले दाबी गरे ।
‘तराईतिर प्रचलनमा रहेको ६० वाटको इन्क्यान्डिसेन्ट वल्वलाई ९ वाटको लिडले कभर गर्न सक्छ’ घिसीङ्गले भने, ‘१८ वाटको सिएफएललाई ९ वाटको लिडले रिप्लेस गर्न सक्छ, त्यसैले उर्जा खपतका लागी लिड एकदमै उपयुक्त हो ।’
भारतको ईईएसएल कम्पनीले नेपाललाई भारतिय बजार मुल्यमै लिड दिन लागेको जानकारी दिँदै घिसिङ्गले भने, ‘सरकारले प्राधिकरणलाई ऋण दिने हो, हामी ग्राहकबाट उठाएर पे ब्याक गर्छौँ ।’
‘यसरी सरकारको बिना लगानी दुई सय मेगावाट बिजुली बचाउन सकिन्छ भने किन नगर्ने ?’ उनले प्रश्न गरे ।
भारतीय कम्पनीबाट लिड किनेर उपभोक्तालाई वितरण गर्ने उद्देश्यले प्राधिरणले बल्ब खरिद गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण