शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

दक्षिण एसियामा तेस्रोलिङ्गीको हैसियतमा नागरिकता र पासपोर्ट लिने पहिलो मै हुँ : शाही

आइतबार, २४ वैशाख २०७४, १६ : ४६
आइतबार, २४ वैशाख २०७४

काठमाडौं, बैशाख २४– कैलाली चुहा नगरपालिका वडा.न.२ निवासि मोनीका शाहीले ‘अन्य’को रुपमा नागरिकता र पासपोर्ट लिने दक्षिण एशियामा आफु पहिलो भएको दावी गरेकी छिन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ९ लाख १४ हजार तेस्रो लिङ्गी मध्यमा नागरिकता र पासपोर्ट लिने आफु पहिलो भएको जानकारी दिएकी हुन् । कर्णबहादुर शाही र मनसरा शाहीको कोखबाट कान्छी सन्तानको रुपमा जन्मिएकी शाहीले तिनमहिना पहिले आन्तरिक रुपमा डडेल्धुरा पर्शुराम नगरपालिका जोगबुढा निवासी रमेश नाथ योगीसँग विहे गरेको र रमेश जस्ता पुरुषहरु समाजमा नभेटिने दावि गरिन् ।

समाजको छिछि र दुरदुर सहँदै बाँचिरहेका ९ लाख १४ हजार तेस्रो लिङ्गीको अवस्था नाजुक एवम दुःखद रहेको बताउदै गर्दा मोनिका भक्कानिएर रोएकी थिन् ।

गहभरि आँसुका ढिका टिलपिल पार्दै शाहीले अघि थपिन,‘जन्मदिनु ठुलो कुरा होईन, जन्मदिने भन्दा कर्मदिने अविभावकको भूमिका महान हुन्छ, हाम्रा आमाबाबालाई त्यागेर हामी प्रेम बन्धनमा बाँधिएका छौँ, केवल पत्रकार ज्यूहरू तपाईहरू आज हाम्रा लागि आमाबाबा हुनुहुन्छ, आज हामीले तपाईलाई साछि राखेर विहे गरेका छौँ, हामी यो देशका नागरिक हौँ, हामी देश विकासमा समर्पित हुन चाहन्छौँ, तर राज्यले हामीलाई हेर्ने नजर परिवर्तन गर्न सक्नु पर्छ।’

त्यस्तै कार्यक्रममा अविभावकका रुपमा उपस्थित भएकी जनुका क्षेत्रीले तेस्रो लिङ्गी बीचको स्पोर्ट म्यारिज दक्षिण यशियाको लागि उदाहरणी भएकाले यस कार्यबाट समाजले केही सिक्नुपर्नेमा जोड दिएकी छिन्।

साहित्यकार समिपा शाहले तेस्रो लिङ्गीको जीवन र प्रेमको बारेमा थेसिस गरिरहेको बताउदै हेर्दा समाजले छिछि र दुरदुर गरेपनि भित्रि कथा अत्त्यन्तै दुखद रहेको बताईन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप