बिमा तर्फ कृषकको आकर्षण बढ्दै
पोखरा, २७ वैशाख । पशु बिमातर्पm कास्कीका कृषकको आकर्षण बढ्दै गएको छ । ठूलो धनराशि खर्च गरेर ल्याएका पशुको क्षति न्यूनीकरण गर्न कास्कीमा चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म चार हजार २६२ पशुको बिमा गरिएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।
सो अवधिमा पशु बिमा गरेका २३२ पशु मरेकामा त्यसबापत कृषकले ८९ लाख १४ हजार क्षतिपूर्ति समेत पाएका छन् । पशु बिमा गर्दा ७५ प्रतिशत प्रिमियम सरकारले र २५ प्रतिशत कृषकले व्यहोर्नु पर्दछ । सो अवधिमा कृषकले प्रिमियमतर्पm रु ६७ लाख ७३ हजार २०० बिमा कम्पनीलाई तिरेका छन् । कास्कीमा एनएलजी र सिद्धार्थ इन्सुरेन्सले पशुको बिमा गर्दैआएका छन् । उक्त अवधिमा कृषकले एक हजार नौ गाई, एक हजार ५३० भँैसी, दुई हजार बाख्रा, १६२ बङ्गुर र ३८ वटा भेडाको बिमा गरेका थिए । कास्कीमा एक हजार दुई सय भन्दा बढी व्यावसायिक पशुपक्षी फार्म छन् ।
पशुपालक कृषकको राहत र जोखिम घटाउने उद्देश्यले पशु बिमा कार्यक्रम ल्याएपछि यहाँ विसं २०६९ को माघदेखि सो कार्यक्रम शुरु भएको हो । सरकारले सुरुमा प्रिमियम शुल्क ५० प्रतिशत र कृषकले ५० प्रतिशत बुझाउने व्यवस्था गरेको थियो । त्यस कार्यक्रममा कृषकहरुले त्यति रुचि नदेखाएपछि गत वर्षदेखि सरकारले नै प्रिमियम शुल्क ७५ प्रतिशत व्यहोर्न थालेबाट कृषकको आकर्षण बढ्न थालेको पशुसेवा कार्यालयले जनाएको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण