चट्याङ पर्दा इँटा उद्योगमा कार्यरत मजदुर घाइते
सप्तरी, २७ वैशाख । वर्षासँगै चट्याङ पर्दा सप्तरीको विषहरिया गाविस हाल छिन्नमस्ता गाउँपालिकास्थित इँटा उद्योगमा कार्यरत आधा दर्जनभन्दा बढी भारतीय मजदुर घाइते भएका छन् । घाइते हुनेहरुमा भारत बङ्गाल राज्यको कुच विहार सहर निवासी ४० वर्षीय नुरजमाल र उनकी ३५ वर्षीया पत्नी अमिलाविवि, ३६ वर्षीय अहमद मियाँ र उनको ६ वर्षीय छोरा अरमान, ४५ वर्षीय तैयव, ११ वर्षीय आलमिन, ३० वर्षीय सौफियार र ४५ वर्षीया मेजिला छन् । चट्याङ लागेर गम्भीर घाइते भएका नुरजमाललाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ भने बाँकी सबैको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भइरहेको छ । । घाइते सबै हिरो इँटा उद्योगमा कार्यरत मजदुर छन् । यस्तै उदयपुरको सुनकोसी गाउँपालिका–५ स्थित जाँते डासिङटारमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने पदमबहादुर विकको ११ वर्षीया छोरी तुलसा विक रहेकी छन् । घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण