नयाँ शक्तिको घोषणा : प्रत्येक प्रदेशमा ५०० सैयाका दुई अस्पताल
काठामाडौं, बैशाख २७ – नयाँ शक्तिले हरेक प्रदेशमा दुई÷दुई वटा ५०० सैयाका ठूला अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ । स्वास्थ्य क्षेत्रमा व्याप्त विकृति विसंगति रोक्न र स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन विशेष योजना निर्माण गरी अघि बढ्नुपर्ने पार्टीको धारणा छ ।
यस्तै पार्टीले सामाजिक सुरक्षामासमेत विशेष ध्यान दिएको छ । पार्टीले १५ वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
पूर्ण शारीरिक अपाङ्गता भएका, गर्भवती महिला, एकल महिला, द्वन्द पीडित, दलित समुदाय, यौनिक तथा लैंगिक अल्पसंख्यक, गरीबीको रेखामुनिका परिवारका लागि स्वास्थ्य सेवामा ७५ प्रतिशत छुटको व्यवस्था गर्ने र अन्त्यमा निःशुल्क उपचारको व्यस्था मिलाउने घोषणापत्रमा उल्लेख छ ।
५ वर्षभित्र सबैलाई स्वास्थ्य वीमाको कार्यक्रमलाई अभियानको रूपमा लागू गर्ने पार्टीको योजना छ । ग्रामीण क्षेत्रबाट समयमै अस्पताल पुग्न नसक्नेहरुका लागि अस्पतालसम्म ल्याउनको लागि हेलिकप्टरको व्यवस्था गर्ने समेत पार्टीले जनाएको छ ।‘कर्णाली लगायत विकट र दुर्गम क्षेत्रमा समयमा अस्पताल पुग्न नसकेर ज्यान गुमाइरहनुपरेको तथ्यलाई मध्यनजर राख्दै महिला र आपतकालीन विरामीहरुको ओसारपसार गर्नका लागि तत्काल ५ वटा हेलिकप्टरको व्यवस्था गरिनेछ’, पार्टीको घोषणापत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण