काठमाडौँमा पाँच दलित महिला सदस्य निर्विरोध
काठमाडाँै, २७ वैशाख । काठमाडौँ जिल्लाको तीन नगरपालिकाबाट पाँच दलित महिला सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । टोखा, दक्षिणकाली र कीर्तिपुर नगरपालिकाबाट पाँच दलित महिला निविरोध निर्वाचित भएका हुन् ।
टोखाको वडा नंं २ र ६ बाट क्रमशः प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिए ।
दुवै जना नेपाली काँग्रेसका उम्मेदवार हुन् । यस्तै, दक्षिणकालीबाट पनि दुई दलित महिला सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत प्रतिमा पोखरेलका अनुसार वडा नं ३ र ९ मा क्रमशः कृष्णकाली दर्नाल र मीना परियार निर्विरोध निर्वाचित भएका हुन् ।
दुवै जना नेपाली काँग्रेसबाट उम्मेदवार बनेका हुन् । यस्तै, कीर्तिपुरका निर्वाचन अधिकृत गजेन्द्रबहादुर सिंहका अनुसार वडा नं ८ बाट दलित महिला सदस्यमा सरस्वती परियार निर्विरोध निर्वाचितभएका हुन् ।
उहाँ भने नेकपा एमालेबाट उम्मेदवार बनेका हुन् । शङ्खरापुरको वडा नं २ र ८ मा दलित महिला सदस्य पदमा कसैको पनि उम्मेदवारी परेको छैन ।
निर्वाचन अधिकृत भुवनेश्वर पौडेलका अनुसार यी दुई वडामा दलित महिला सदस्यमा कसैको पनि उम्मेदवारी परेन ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण