शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचन नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि

बुधबार, २७ वैशाख २०७४, १५ : ४६
बुधबार, २७ वैशाख २०७४

काठमाडौँ, २७ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिर जानेको सङ्ख्यामा वृद्धि भएको छ । करिब दुई दशक पछाडि यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो मत प्रयोग गर्ने काठमाडौँ छाड्नेको सङ्ख्यामा वृद्धि भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले दिएको जानकारी अनुसार अरु समयको तुलनामा दैनिक पाँचदेखि सात हजार मानिस बाहिरिएका छन् ।

उनले भने  “अरु समयमा दैनिक ७० हजार यात्रु उपत्यकाबाट बाहिर जान्थे भने दुई तीन दिनदेखि ७५ देखि ८० हजार सङ्ख्यामा बाहिरीएका छन् ।” दुई चरणमा तोकिएको निर्वाचनमध्ये पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशको ३४ जिल्लाको २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । महाशाखाले थानकोट, शिवपुरी, जगाती, दक्षिणकाली नाकाबाट बढी मात्रामा यात्रु बाहिरिएको जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप