लुम्बिनीको समग्र विकासको लागि ध्यान दिन उपराष्ट्रपतिको आग्रह
बुटवल, २७ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धदर्शन तथा यसको विकासले नेपालमा शान्तिको चेतनाको निर्माण भएको बताएका छन् ।
हाँले बुद्धदर्शन तथा यसको विकास नेपालमा भएको कारण नेपाल र नेपालीका लागि गौरवको विषय रहेको समेत उल्लेख गरे । उपराष्ट्रपति पुनले २५६१ आँै बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मूलसमारोह कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै बुद्धको पञ्चशीलको सिद्धान्त व्यवहारमा ल्याउन सकेमा मानव जीवन सार्थक हुन्छ भने । उनले बुद्ध एक महान दार्शनिक हुुनुको साथै बुद्धको शिक्षा जीवनयोगी र अहिले झन् सान्दर्भिक रहेको बताउँदै भने । “बुद्ध दर्शनको महत्व अझै बढेको छ ।” उपराष्ट्रपति पुनले लुम्बिनीको विकासको लागि लुम्बिनी विकास कोषले थप कार्ययोजना अगाडि बढाउनु जरुरी रहेको बताउँदै लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्रामलाई पनि एकैसाथ जोडेर विकास कार्यलाई अगाडि बढाउनुपर्नेमा जोडदिए । उनले भने –“बुद्धको दर्शन बुझ्न र बुझाउनको लागि एकीकृत परिचय दिनु आवश्यक छ । बुद्धको जन्मस्थलबारे फैलाइएको भ्रमबारे चिर्न जरुरी रहेको छ ।” नेपाल सरकारलाई लुम्बिनीको समग्र विकासको लागि ध्यान दिन आग्रह गर्दै उनले लुम्बिनी आउने पर्यटकलाई कम्तीमा पनि १० दिन बस्नसक्ने वातावरण मिलाउन सकेमा लुम्बिनीको पर्यटकीय विकास हुने बताए । कार्यक्रममा सांसद कमलेश्वर पुरी गोश्वामीले गौतम बुद्धको जन्मस्थल विश्व शान्तिको खोजको लागि गृहत्याग गरेका गौतम बुद्धले विश्वमा शान्तिको दीप जलाएको भन्दै बुद्ध धर्मको विशेष प्रसारप्रसारको खाँचो रहेको बताए । उनले गौतम बुद्धको अहिंसावादी सिद्धान्त सबैले पालना गर्नुपर्ने बताए । संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले लुम्बिनी क्षेत्रको विकासमा लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र तिलौराकोट, रामग्राम, देवदहलगायतको वृहत्तर गुरुयोजनामा थप क्षेत्रलाई समेत विकास गर्ने योजना अगाडि बढाएको बताए । उनले भने –“लुम्बिनी क्षेत्रको विकासका लागि बुद्ध परिपथ र बृहत्तर गुरुयोजना अगाडि बढाउने योजना रहेको छ ।” उनले लुम्बिनीको पर्यटन विकासमा यहाँ आउने पर्यटकको बसाइँ लम्ब्याउनेको लागि सरकारले बुद्ध परिपथको अवधारणा अगाडि बढाएको र लुम्बिनी क्षेत्रको विकासको लागि सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको जानकारी दिए । लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले नेपाल सगरमाथा र भगवान गौतम बुद्धको देशको रुपमा विश्वले चिन्ने गरेको बताउँदै बौद्ध धर्मको सुत्रपात भएको लुम्बिनीलाई देशले विशेष महत्वपूर्ण स्थानको रुपमा विकास गरोस् भने सो अवसरमा उपराष्ट्रपति पुनले लुम्बिनी विकास कोषमा २५ वर्ष सेवा गरेकी मीना शर्मालाई दीर्घसेवा र अन्य १० जनालाई सम्मान गरे । कार्यक्रम विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधको अध्यक्षतमा भएको कार्यक्रममा बुद्धको जीवनी झल्काउने नृत्य र झाँकी प्रस्तुत गरिएको थियो । उपराष्ट्रपति पुनले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पुगेर दर्शन गर्नका साथै मायादेवी मन्दिरको बारेमा जानकारी लिएका थिए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण