चितवनमा कांग्रेस–माओवादीको संयुक्तसभा : देउवा र प्रचण्डले सम्बोधन गर्ने
चितवन, बैशाख २७– चितवनमा काग्रेस–मोओवादीको संयुक्त चुनावी आमसभा हुने भएको छ । स्थानीय निर्वाचन प्रचारप्रसारका लागी काग्रेस–माओवादी भरतपुर महानगर संयुक्त प्रसार प्रचार कमिटीको आयोजनामा बिहीबार बिहान हुने आमसभामा प्रमुख वक्ताको रुपमा संवोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागि हुने आयोजकले जनाएको छ ।
बृहत आमसभालाई सम्बोधन गर्न दुजै नेताहरु बिहीबार बिहानै भरतपुर आउने लागेका हुन् । गणतन्त्र, लोकतन्त्र, संघीयतासगैँ संविधान धराप पर्न लागेपछि संयक्त तालमेल गरेका दुई दलका शिर्ष नेताहरु कार्यकर्ताहरु तालमेल बारेमा स्पष्ट पार्न पनि दुवै नेता चितवन लागेको बताइएको छ । देउवा र प्रचण्डसँगै सभालाई सम्बोधन गर्न माओवादीका बरिष्ठ नेता रामबहादुर थापा (बादल) र काग्रेस बरिष्ठ नेता बालकृष्ण खाड चितवन आउने कार्यक्रम रहेको माओवादी केन्द्र चितवनका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए । यता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्ड देउवाले कानुनी राजको उपहास गरेको भन्दै बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत कटाक्ष गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण