निर्वाचन पर्यवेक्षण कल सेन्टर स्थापना
बुधबार, २७ वैशाख २०७४, १५ : ५४
काठमाडौ, बैशाख २७ –राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप बैज्ञानिक बनाउन पर्यवेक्षण कल सेन्टर स्थापना गरेको छ । नियोकले बुधबार राजधानीमा गरेको विशिष्ट÷राष्ट्रिय पर्यवेक्षक अभिमूखिकरण कार्यक्रममा पर्यवेक्षण कल सेन्टर स्थापना गरेको जानकारी गराएको हो ।
स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र वस्तुगत ढंगबाट समिक्षा गर्दै पर्यवेक्षण प्रक्रियालाई थप बैज्ञानिक,यथार्थ र तथ्यपरक बनाउन पर्यवेक्षण कल सेन्टरको स्थापना गरिएको नियोकले जनाएको छ । कल सेन्टरमा प्राविधिक विज्ञ तथा तालिमप्राप्त सूचना संकलन समेत गरि एक पटकमा कम्तिमा ४० जना कार्यरत रहने छन् ।
दुई चरणको निर्वाचनमा कम्तिमा ८० जनाले कल सेन्टरबाट विभिन्न स्थानमा खएिका पर्यवेक्षकसंग कम्तिमा तीन पटक फोन मार्फत सुचना संकलन गर्ने नियोकका कोषाध्यक्ष भवानी खरेलले बताए ।
मतदान पुर्वको समग्र स्थितिको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै नियोगले निर्वाचनमा निर्भयपुर्ण रुपले सहभागी हुने वातावरण बन्न नसकेको, मतदाता शिक्षा केबल सूचनामा सिमित भएको तथा निर्वाचन आचार संहिताको पालना पक्ष कमजोर देखिएको जनाएको छ । नियोगले पहिलो चरण बैशाख ३१ गतेका लागि राजधानीसहित निर्वाचन हुने तीनवटै प्रदेशमा पर्यवेक्षक र स्वयमसेवक गरी ६ हजार जना खटाएको छ । पर्यवेक्षकका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादव, पुर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण