हिमाली जिल्ला डोल्पामा नमुना मतदान
डोल्पा, बैशाख २७ – हिमाली जिल्ला डोल्पामा स्थानीय तह निर्वाचनको पुर्वसन्ध्यामा नमुना मतदान गरिएको छ । सदरमुकाम दुनैस्थित ठुलीभेरी नगरपालिका अन्तर्गतको सरस्वती उमावि मदतान केन्द्र र त्रिपुरा सुन्दरी नगरपालिकास्थित धर्मशाला चौरमा नमुना मतदान गरिएको हो ।
त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गतको धर्मशाला चौरमा खसेको ५१ मतमा ४९ वटा मत सदर र २ वटा मत बदर भएका छन् ।
नमुना मतदान कार्यक्रममा ३४ जना महिला र १७ जना पुरुषले सहभागिता जनाएका थिए । त्यसैगरि ठुलीभेरी नगरपालिका अन्र्तगतको सरस्वती उमाविको मतदान केन्द्रमा भएको मतदानमा खसेको ४५ मतमध्ये ३४ वटा मत सदर र ११ वटा मत बदर भएका थिए । सो मतदान केन्द्रमा २५ महिला र २० जना पुरुषले सहभागिता जनाएका थिए । डोल्पामा रहेका २ नगरपालिका र ६ वटा गाँउपालिकामा मध्ये २ वटा केन्द्र तोकेर मात्रै नमुना मतदान कार्यक्रम गरिएको हो ।
डोल्पामा मतदाता शिक्षाको प्रभावकारीता र मतदाताहरुको दक्षताको पुर्व अनुमानका लागि नमुना मतदान गरिएको निर्वाचन कार्यालयबाट नमुना मतदान कार्यक्रममा खटिनुभएका कर्मचारी नवराज शर्मा उपाध्यायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण